Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालजापानी राजदूतद्वारा लेलेमा साकुराको बिरुवा रोपण

जापानी राजदूतद्वारा लेलेमा साकुराको बिरुवा रोपण


काठमाडौँ । नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल–जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाइ एशोसिएसन (जान)ले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी)को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताए ।

जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलव्ध गराइ नेपालको सामुदायिक विकासमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै जापानी स्वयंसेवकलेसमेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे ।

गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाए ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताए । गोदावरी नगरपालिका–५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराइ आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्याएकाले धन्यवाद ज्ञापन गर्दै उनले साकुरा बगैँचाले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ । केही महिना अगाडि राष्ट्रपति भवन शीतलनिवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए ।

नेपाल–जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकाले जापान सरकारको परराष्ट्र मन्त्रालयले जानलाई प्रशंसा अवार्डसमेत प्रदान गरेको थियो । जान जापानमा अध्ययन गरी फर्र्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायीहरूको सामाजिक संस्था हो ।

यस संस्थाले दुई देशबीचको मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनका क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहिआएको छ । यस वर्ष जानले आफ्नो स्वर्ण जयन्ती(५०औँ वार्षिकोत्सव)को उपलक्ष्यमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT