रुस-युक्रेन युद्धः रुसी सैनिकद्वारा क्रुरताको पराकाष्ठ, १६ वर्षीया किशोरीको बलात्कार पछि गोली हानी हत्या
- मंगलबार, ६ बैशाख, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । रुस र युक्रेनबीच करिब ५५ दिनदेखि भीषण युद्ध चलिरहेको छ । यस युद्धका कारण धेरै मानिसले युक्रेनमा आफ्नो घरबार छोडेका छन् । यो युद्धले धेरैमा त्रास फैलाएको छ । युक्रेनी जनता आत्तिएका छन् । यससँगै रुसी सैनिकको क्रूरताका धेरै प्रमाणहरू पनि सार्वजनिक भइरहेका छन् ।
रुसी सैनिकले १६ वर्षीया युवतीलाई बलात्कारपछि टाउकोमा गोली हानेर शव बुचमा फालेको खुलासा भएको छ । यो घटना त्यही भएको जहाँ ४०० युक्रेनीहरूको शव फेला परेको थियो।
पीडा बताउँदै किशोरकी आमाकी एक साथीले फेसबुकमा लेखेकी छन्,साथीहरू, हृदयविदारक खबर। रुसी सैनिकहरुले मेरो साथीकी छोरीको हत्या गरे। बलात्कार गरेपछि गोली हानी हत्या गरे।
उनले मदत माग्दै भनेकी छन्, 'कृपया उनको शव मलाई गाड्न दिनुहोस्। मलाई मद्दत गर्नुहोस्। मैले ती किशोरीलाई चिनेकी छु। लामो समदेखि म उनलाई अंग्रेजी पढाउँथें। उनी वास्तवमै धेरै प्रतिभाशाली थिइन्।'
रिपोर्टका अनुसार किशोरी गत महिनाको सुरुदेखि बेपत्ता भएकी थिइन्, जसका कारण उनकी आमाले सामाजिक सञ्जालमार्फत उनको खोजीमा सहयोगको लागि अपिल गरेकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार रुसी सैनिकको क्रूरता रोकिएको छैन। रुसी सेनाले बुचा सहरको एउटा गाउँको तहखानेमा २५ जना महिला र बालिकालाई बन्धक बनाएको खबर छ । दिनहुँ पटक पटक बलात्कृत भइरहेका छन् । रुसी सैनिकको क्रूरताका कारण १६ वर्षीया विद्यालयकी बालिकासहित ९ जना महिला गर्भवती भएका छन् ।
एजेन्सीको सहयोगमा
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 10 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 10 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।