रोनाल्डो युभेन्ट्समा खुसी छैनन्

  • मंगलबार, २१ बैशाख, २०७८
  • 5 days ago
  • खेल

एजेन्सी । सन् २०११–१२ को सिजनदेखि इटालियन घरेलु लिग सिरी एमा युभेन्ट्सको बर्चश्व रहेको थियो । तर, जारी सिजनको ४ खेल बाँकी रहँदा नै इन्टर मिलानले घरेलु लिगको उपाधि जितेको छ । 

 

युभेन्ट्ससँगै यसको चोट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि परेको छ । ठूलो महत्वकांक्षाको साथ युभेन्ट्स गएका रोनाल्डो अनि उनको टिमले अपेक्षाकृत सफलता पाएको छैन । सोही कारण उनी आउँदो ट्रान्फर विन्डोमा अन्यत्रै जाने सम्भावना बढेको छ ।

 

युभेन्ट्सले लगातार १० औं सिरी एको उपाधि जित्ने मौका गुमाइसकेको मात्र छैन, लिगको ३४ खेल सकिँदा जम्मा ६९ अंक जोडेर लिगको तेस्रो स्थामा रहेको छ । समाना खेलबाट ६९ अंक बोकेको एसी मिलान तथा ६७ अंकको सात नापोली लिगको पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिगको छनोटको लागि युभेन्ट्समाथि दबाब दिइरहेको छ । यदी च्याम्पियन्स लिगको लागि युभेन्ट्स छनोट नभएको खण्डमा रोनाल्डोले क्लब छोड्ने सम्भावना प्रवल रहेको समाचारहरु प्रकाशित भएका छन् ।

 

त्यससँगै मे १९ मा युभेन्ट्सले एटलान्टासँग कोपा इटालियाको उपाधिको लागि प्रतिस्पर्धा गर्दैछ । सो उपाधि युभेन्ट्सले जितेमा रोनाल्डोले इटालीमा आएपछि जितेको उपाधि संख्या ५ पुग्नेछ । तर, एटलान्टा कमजोर टिम नभएको कारण युभेन्ट्सले सो मौका गुमाएको खण्डमा रोनाल्डो थप निराश हुँदै क्लब छोड्ने अनुमान गरिएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।