रोनाल्डोको विकल्पमा रियलले किन्न सक्छ यी खेलाडीहरु ?

Global IME
Mega Bank
Norvic Hospital
  • बुधबार, २ साउन, २०७५
  • 4 years ago
  • खेल

काठमाडौँ । नौ वर्ष रियल मड्रिडमा बिताएपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरे ।

 

धेरै फ्यानहरुलाई लागेको थियो कि उनी रियलबाटै सन्यास लिनेछन् तर, रोनाल्डो नयाँ क्लबबाट नयाँ रेकर्ड बनाउने सुरमा देखिए ।

 

अन्ततः उनले इटालियन क्लब  युभेन्ट्स रोजे । उनले इंलिस प्रिमियर लिग, स्पेनिस लिगको लामो अनुभव सगालेका थिए ।

अब उनी इटालियन लिगको अनुभव संगाल्न चाहन्थे । फुटबल लिजेण्ड रायन गिंग्सले पनि उनी नयाँ इतिहास रच्ने दाउमा युभेन्ट्स क्लबमा आवद्ध भए । 

 

उता क्लबलाई भने रोनाल्डोको विकल्प को खेलाडी अनुबन्ध गर्ने दोधारमा रहेको छ । इंलिस प्रिमियर लिग तथा फ्रेन्च लिगका खेलाडीहरु प्रति रियलको चासो रहेको छ । 

 

नेयमार

लामो समयदेखि रियलले अनुबन्ध गर्न खोजेको खेलाडी नेयमार भएको विभिन्न मिडियाहरुले बताइरहेका छन् । तर, पिएसजी क्लबले नेयमार नबेच्ने बारम्बार भनिसकेको छ ।

 

२२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका उनले एक सिजन बिताइसकेका छन् । तर, उनी क्लबमा खुसी नभएको समाचार बाहिर आइरहेका छन् । खेलाडी स्थानानतरण समयसम्म नेयमारलाई अनुबन्ध गर्न रियलले पहल चालिरहने मिडिया रिपोर्टमा उल्लेख छ । 

 

काइलियन एमबाप्पे

नेयमारका क्लब कलिग काइलियन एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडी हुन् । उमेरले १९ वर्ष लागेका उनले विश्वकपमा समेत उत्कृष्ट खेल प्रदर्शन गरे । मोनाकोदेखि पिएसजीमा आएका उनी पनि सम्भावित रियलमा रोनाल्डोको विकल्प हुन सक्छन् । 

उनलाई अनुबन्ध गर्न क्लबले ३०० मिलियन युरो तिनुपर्नेछ । 

 

इडिन हजार्ड

चेल्सीले प्रिमियर लिगमा सन्तुलित खेल प्रदर्शन गर्न सकेको छैन । इडिन हजार्ड यही कारण पनि चेल्सी छोड्न चाहन्छन् । ६ वर्ष चेल्सीमा बिताएका उनी नयाँ क्लबको खोजीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अनुबन्ध गर्ने तयारीमा रियल रहेको बताइएको छ । 

 

रोबर्ट लेडोनोस्की

लामो समयदेखि रियलको नजरमा रहेका खेलाडी हुन् रोबर्ट लेडोनोस्की । उनी बार्यन म्युनिख छोड्ने तरखरमा रहेका छन् । ३० वर्षका यी खेलाडीले बार्यनमा सानदार खेल प्रदर्शन गर्दै आइरहेका छन् । 

 

मउरो इकार्दी

इन्टर मिलानका स्टार खेलाडी रियलमा फिट हुन सक्छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पर्न नसकेपनि उनलाई अनुबन्ध गर्न धनी क्लबहरु लागि परेका छन् । रोनाल्डोको विकल्पमा उनलाई अनुबन्ध गर्ने हो भने रियलले १०० मिलियन युरो तिर्नुपर्ने हुन्छ । 

 

ह्यारी केन

टोटनह्यामका स्टार खेलाडी ह्यारी केनलाई रियलले रोनाल्डोको विकल्पमा लैजान सक्छ । विश्वकपमा पनि सानदार खेल प्रदर्शन गरेका उनलाई अनुबन्ध गर्न ठुलै रकम तिर्नुपर्ने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

  

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 24 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 31 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 35 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।