कोरोना महामारीमा पनि मोटो रकम कमाउने अमेरिकाका १० धनाढ्यहरु

एजेन्सी । कोरोनाभाइरसको महामारीको कारण सन् २०२० मा विश्वको अर्थतन्त्रमा नराम्रो गिरावट आयो । धेरै देशले कोरोना फैलन नदिनको लागि लकडाउन गर्दा धेरै व्यवसायमा धक्का लाग्यो । तर, यसैबीचमा प्रविधिसँग सम्बन्धित व्यवसाय गर्नेहरुले भने मोटो रकम कमाए । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको एक सूची अनुसार अमेरिकामा सर्वाधिक कमाउने १० व्यवसायीहरु सूचना प्रविधिको क्षेत्रमा संलग्न छन् । सर्वाधिक धनीमा पर्ने १० जनामध्ये ९ जना पुरुष रहेका छन् भने एक जना महिला परेकी छिन् । यहाँ हामीले सर्वाधिक धनीको सूचीमा पर्न सफल १० अमेरिकी नागरिकको नेटवर्थको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

 

१. जेफ बेजोस

 

 

अमेजोनका संस्थापक जेफ बेजोस अमेरिकाको मात्रै सबैभन्दा धनी व्यक्ति होइनन् । उनी विश्वकै इतिहासमा सबैभन्दा धनी व्यक्ति हुन् । ५६ वर्षीय बेजोसले अचम्म तरिकाले १७९ बिलियन अमेरिकी डलर कमाएका छन् । आफ्नी श्रीमतीलाई अंश दिएर पनि बेजोस विश्वकै धनी व्यक्तिमा परेका हुन् ।

 

२. विल गेट्स

 

 

जेफ बेजोसको उदयपछि विल गेट्सले आफ्नो शीर्ष स्थान गुमाए । माइक्रोसफ्टका संस्थापक विल गेट्सको नेटवर्थ १११ विलियन डलर रहेको छ ।

 

३. मार्क जुकरवर्ग

 

 

तेस्रो स्थानमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग रहेका छन् । उनको नेटवर्थ ८५ बिलियन अमेरिकी डलर रहेको छ । ३६ वर्षीय जुकरवर्ग उत्कृष्ट १० मा पर्न सफल सबैभन्दा युवा व्यवसायी हुन् ।

 

४. वारेन्ट बफेट

 

 

वारेन्ट बफेटलाई ‘द ओरेकल अफ द वाल स्ट्रिट’को रुपमा पनि चिनिन्छ । बफेट ब्रेकशायर हाथवे इन्भेस्टमेन्ट फर्मका मुख्य व्यक्ति हुन् । उनको कम्पनीको नेटवर्थ ७३.५ बिलियन अमेरिकी डलर छ ।

 

५. ल्यारी एलिसन

 

 

पाँचौ स्थानमा सफ्वेयरका शक्तिशाली व्यक्ति ल्यारी एलिसन हुन् । उनी ओरेकल कर्पोरेसनका संस्थापक सदस्य तथा कार्यकारी अध्यक्ष हुन् । उनको कम्पनीले सफ्टवेर बनाउने तथा विश्व बजारमा बिक्री गर्ने काम गर्छ ।

 

६. स्टिभ बल्मर

 

 

माइक्रोसफ्ट पूर्व कार्यकारी अध्यक्ष स्टिभ बल्मर एनबीए टिम एलए क्लिपरको मालिक हुन् । उनको नेटवर्थ ६९ बिलियन डलर रहेको छ ।

 

७. एलोन मस्क

 

 

पोलिम्याथ तथा प्रविधिका व्यवसायी एलोन मस्क साउथ अफ्रिका तथा संयुक्त राज्य अमेरिकाका नागरिक हुन् । उनले सन् २०२० मा सर्वाधिक पैसा कमाए । उनको नेटवर्थ ६८ बिलियन अमेरिकी डलर रहेको छ । 

 

८. ल्यारी पेज

 

 

गुगलका संस्थापक सदस्य ल्यारी पेजका नेटवर्थ ६७.५ बिलियन अमेरिकी डलर रहेको छ । उनी 

 

९. सर्जी बिरिन

 

 

सर्वाधिक धनीको नवौ स्थानमा सर्जी बिरिन परेका छन् । उनी बिभिन्न व्यवसायका लगानीकर्ता हुन् भने गुगलका संस्थापक सदस्यमध्यका एक हुन् । उनको नेटवर्थ ६५.७ बिलियन अमेरिकी डलर छ ।

 

१०. एलिस वाल्टन

 

एलिस वाल्टन सर्वाधिक १० धनीको सूचीमा अटाएकी एकमात्रै महिला व्यवसायी हुन् । उनी वालमार्टका मालिक हुन् । उनको नेटवर्थ ६२.३ बिलियन डलर रहेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 32 minutes ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 36 minutes ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 1 hour ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।