गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छोडेको छ । हालको अवस्थामा सरकारमा बस्नुभन्दा बाहिर बस्नु नै उचित भएको भन्दै माओवादी केन्द्रले सरकार छोडेको हो ।

 

माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सरकार छोडेका हुन् । माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

 

तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङप्रति आभार व्यक्त गरे । प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए ।

 

गण्डकीको प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 4 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।