कुलतमा फँसी अमेरिकामा अलपत्र परेका एक नेपाली युवाको उद्दार

  • आइतबार, २७ साउन, २०७५
  • 2 years ago
  • नेपाल
सांकेतिक तस्वीर

न्यूयोर्क । नार्कोनन नेपालले अमेरिकामा अलपत्र अवस्थामा रहेका एक युवकको उद्धार गरेको छ । न्युयोर्कको पार्कबाट त्यहाँ बस्ने एक नेपाली महिलाले युवकलाई उद्धार गरी नार्कोननमा पठाएकी हुन् ।

 

सन २०१३ मा अमेरिका गएका एक युवक त्यहाँ पुगेपछि विस्तारै कुलतमा फसेका थिए । गत साउन २० गते उनलाई राज्य कर्माचार्यको सहयोगमा उद्धार गरिएको हो । त्यी युवा कुलतमा फस्दै गएपछि उनि पार्कमा नै बस्थे र उनको न त घर थियो न त उनको बाँच्ने आशा नै ।

 

नार्कोनन नेपाल र कर्माचार्यको सहयोगमा उनलाई नेपाल फर्काउन मद्दत गरेको हो । उनी नेपाल फर्केपछि परिवारमा निकै खुसियाली छाएको छ । ती युवा भन्छन्, 'अमेरिकामा म जस्ता हजारौँ नेपाली यसरी पीडित छन् उनीहरु आफ्नो मृत्यु कुरेर बसेका छन् ।'

 

यसरी विश्वभरी नै नेपाली युवाहरु कुलतमा परेको र उनिहरुको अवस्था निकै नाजुक रहेको नार्कोनन नेपालका निर्देशक बसन्त राज कुँवरले जानकारी दिए ।

 

विश्वभरि विभिन्न स्थानमा छरिएर रहेका र कुलतमा फसेका नेपाली युवाहरुको उद्धार गर्न जरुरी देखिएको छ । सरकार र सम्बन्धित निकायले यस बारेमा समयमै विचार नपुर्‍याए समस्या थपिने अवस्था छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली

  • 30 minutes ago
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँ

कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

  • 44 minutes ago
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु

संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

  • 56 minutes ago
संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सू



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।