सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा: तथ्याङ्क

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

सन् २०२० मा यो सङ्ख्या १९.९ प्रतिशत थियो ।

 

एनएसओले भनेको छ, “यदि व्यक्तिहरू गरिबीको जोखिममा, गम्भीर भौतिक र सामाजिक रूपमा बञ्चित, वा धेरै कम कामको तीव्रता भएका परिवारहरूमा बाँचिरहेका छन् वा यी अवस्थाहरूमध्ये कम्तिमा एकमा छन् भने उनीहरू गरिबी वा सामाजिक बहिष्करणको जोखिममा छन् । 

 

सन् २०२१ का लागि, राष्ट्रिय समतामूलक आयको ६० प्रतिशतमा निर्धारण गरिएको गरिबीको जोखिमको थ्रेसहोल्ड खश हजार २२२ युरो (१० हजार ७३७ अमेरिकी डलर) गणना गरिएको थियो ।  

 

निजी परिवारमा बसोबास गर्ने जनसङ्ख्यामध्ये १६.९ प्रतिशत गरिबीको जोखिममा रहेको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा अपरिवर्तित रहेको छ ।

 

एनएसओले जनसङ्ख्याको ५.४ प्रतिशत गम्भीर भौतिक र सामाजिक रूपले वञ्चित व्यक्तिहरू रहेका बताएको छ । यदि कुनै ब्यक्तिले जीर्ण फर्निचर र जीर्ण लुगाहरू वा नियमित रूपमा गरिने अवकाश गतिविधिहरू प्रतिस्थापन गर्ने क्षमताजस्ता १३ भौतिक र सामाजिक अभावका वस्तुहरूमध्ये कम्तिमा सात वस्तुहरू किन्न सक्दैनन् भने उनीहरूलाई गरिबी वा सामाजिक बहिष्करणको सूचीमा पर्छन् । 

 

यसले सन् २०२० को तुलनामा ०.३ प्रतिशत बिन्दुको वृद्धिलाई प्रतिनिधित्व गरेको छ ।    सन् २०२१ मा कम कामको तीव्रता भएका जनसङ्ख्याको हिस्सा ४.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले कम हो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन

  • 2 minutes ago
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।

पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

  • 13 minutes ago
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प

बढ्यो सुनको मूल्य

  • 17 minutes ago
बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।