Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता


एजेन्सी । जापानमा हराउने व्यक्तिहरूको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ ।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दोक्रममा छ । यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ।

तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT