राष्ट्रियसभा बैठकः विकास निर्माणको काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

 

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरे । 

 

सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिए । 

 

सांसद खिमकुमार विकले स्वीस बैंकमा नेपालको अकूत सम्पत्ति (उक्त बैङकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२।८८ मिलियन स्वी फ्रेन्च भएको) रहेको पाइएकाले ठूलो मात्राको धनको खोजबिन गर्न सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद उदयराज पौडेलले संविधान दिवसको शुभकामना व्यक्त गर्दै यसको सफल कार्यान्वयनमा सबैको सक्रियताको खाँचो औँल्याए । 

 

मुलुकी संहितासम्बन्धी विधेयक प्रस्तुत 

 

आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् । 

 

यसैगरी राष्ट्रिय सभाको सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘पारमाणि विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०७१’ लाई टेबुल गरेका छन् । 

 

बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने तीन सदस्यलाई मनोनयनसमेत गरेको छ । 

 

सांसद कालीबहादुर मल्ल, रामलखन चमार र राधेश्याम अधिकारीलाई सदस्यमा मनोनयन गरेको हो । 

 

सङ्घीय संसद्अन्तर्गत गठन भएको संयुक्त समितिमा यसअघि प्रतिनिधिसभाबाट ११ जना सदस्य मनोनीत गरिसकेको छ । 

 

राष्ट्रियसभाले चार जना सदस्य उक्त समितिमा पठाउनुपर्नेमा अब एक जना सदस्यको नाम मनोनयन गर्न बाँकी रहेको छ । 

 

उक्त संयुक्त समितिको निर्वाचन आगामी असोज ७ गते आइतबार दिउँसो १ बजेका लागि तोकिएको पनि बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए । 

 

राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते आइतबार बिहान ११ बजे बस्नेछ । 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

  • 1 hour ago
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत

जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?

  • 1 hour ago
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

  • 1 hour ago
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन



पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।