राष्ट्रिय कविता महोत्सव–२०७८ मा भोजपुरकी कविता राई प्रथम

Norvic Hospital

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधवार राष्ट्रिय कविता महोत्सव–२०७८ को आयोजना गरिएको छ । कविता महोत्सवको कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । कविता महोत्सवको सञ्चालन प्रज्ञा भवनबाटै गरिएको थियो भने कविता वाचन चाहिँ भर्चुअल माध्यमबाट गरिएको थियो ।

 

कार्यक्रमको सभाध्यक्षता गरिरहेका कुलपति उप्रेतीले समुद्घाटन मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले वि.सं. २०२२ सालदेखि असार ९ गतेका दिन आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव मुलुकको वाङ्मय क्षेत्रका लागि विशिष्ट पर्व भएको उल्लेख गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठको पहलमा राष्ट्रिय कविता महोत्सवको थालनी भएको जानकारी गराउँदै भने– “कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको निषेधाज्ञाका कारण यस पटक भर्चुअल विधिबाट कविता महोत्सव आयोजना गरे । यस पटक विदेशमा बसोबास गर्ने नेपाली कविलाई पनि सहभागी गराउन पाउँदा खुसी लागेको छ । हाम्रो प्रयास सार्थक भएको महसुस भएको छ ।”

 

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले लकडाउनको फुर्सदिलो समयमा साहित्यकारले झनै राम्रा सिर्जना गर्न सफल भएको विचार व्यक्त गरे । उनले प्रतियोगी कविले युगलाई प्रतिनिधित्व गर्ने खालका ऊर्जाशील विचारले युक्त सिर्जना पस्किएको बताउँदै भने– “२०२२ सालको महोत्सवमा भैरव अर्याल प्रथम भएर सुरु भएको महोत्सवको गरिमा पछिल्ला दिनमा झन् झन् बढ्दै गएको छ ।” कविता महोत्सवमा पुरस्कृत धरैजसो कविहरू स्थापित स्रष्टाको परिचय बनाउन सफल भएको उनको कथन थियो । गत साल कोभिडका कारण स्थगित कविता महोत्सव मङ्सिरमा आयोजना गरिएको थियो ।

 

कविता महोत्सवका संयोजक तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविता महोत्सवसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कविता महोत्सवले नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए । उनले समसामयिक र यथार्थतामा आधारित रहेर सृजना गरिएका सन्देशमूलक रचना नै उत्कृष्ट हुने हुँदा कविहरूले कला पक्षलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । प्राज्ञ पौडेलले देश तथा विदेशबाट जम्मा ७ सय ६४ जना कविले सहभागिता जनाएकोमा वाचनका लागि ४१ ओटा कविता छनौट भएको सुनाए । उनले कविता महोत्सवप्रति कविहरूको आकर्षण बढ्दो रहेको यसपालीको सहभागिताले पुष्टि गरेको उल्लेख गर्दै स्वदेश बाहिर रहेका आठ जना र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता रहेको जानकारी गराए ।

 

भोजपुरकी कवि कविता राईको ‘देशको नक्सा’ प्रथम

राष्ट्रिय कविता महोत्सवमा वाचित कविताहरूमध्येबाट भोजपुरकी कवि कविता राईको ‘देशको नक्सा’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । यसै गरी धादिङकी कवि अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता द्वितीय बन्न सफल भएको छ । यसरी नै ताप्लेजुङकी कवि सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविताले तृतीय स्थान प्राप्त गरेका छन् । महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदक, सम्मानपत्र र ५० हजार नगद, द्वितीयलाई काँस्य पदक, सम्मानपत्र र ४० हजार नगद तथा तृतीय हुनेलाई रजत पदक, सम्मानपत्र र जनही ३०÷३० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा विजयी कविहरूलाई राष्ट्रपतिका हातबाट पुरस्कार प्रदान गरिने छ ।

 

कविता महोत्सवको कविता छनोट समितिको संयोजकमा प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल तथा सदस्यहरूमा प्राज्ञ ध्रुव मधिकर्मी र डा. विन्दु शर्मा रहेका थिए ।

 

वार्षिकोत्सवका अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत १५ कर्मचारीलाई जनही ३० हजार रुपैयाँसहित दीर्घसेवा पुरस्कारबाट सम्मानित गरे । यसरी सम्मानित हुने कर्मचारीहरूमा राजेन्द्रकुमारी शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाई, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगानी लामिछाने, मैया महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचिकार रहेका छन् ।

 

कुलपतिले पदक र सम्मानपत्र भने परिस्थिति अनुकूल भएपछि आयोजना गरिने वार्षिकोत्सव समारोहमा प्रदान गरिने बताए । कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार एवम् डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 3 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 23 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

  • 38 minutes ago
कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढ



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।