पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजिनक गर्न केही समय लाग्ने

Norvic Hospital

एजेन्सी ।  ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ।

 

राष्ट्रपति जो बाइडेनले जनाएअनुसार  उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ । अर्को वर्ष डिसेम्बर १५ सम्म मा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० बर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

 

सन् २०१८ मापूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू  सार्वजनिक गरेपनि सुरक्षाको कारण देखाउँदै  अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो। 

 

ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय संग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ। 

 

राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिकीकरणमा ढिलाइ ूसैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन आदिका कारणले भएको बताएका छन्।

  

 छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक गहिरो राष्ट्रिय त्रासदी थियो जुन अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ। 

 

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो।

 

तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको निष्कर्ष निकालेको थियो।

 

अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेखहरू जनतालाई पूर्णरूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 3 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 3 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।