‘अग्निपरिक्षामा रामकुमारी झाँक्री’

Norvic Hospital

नेपालको राजनैतिक आन्दोलन त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा शसक्त रुपमा उदाएको पात्र हुन्, माननीय सहकारी विकास मन्त्री रामकुमारी झाँक्री । विद्यार्थी आन्दोलन हुँदै राष्ट्रिय राजनीतिमा उदाएकी झाँक्री नेपालको राजनीतिमा खरो, हठी वक्ताका रुपमा चिरपरिचित छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट समानुपातिक सांसद बनेकी झाँक्री प्रधानमन्त्री ओलीको संसद विघटनको आलोचना गरेर झन चर्चामा आईन् । राष्ट्रिय राजनीतिमा अलग पहिचान बनाईसकेकी झाँक्री प्रधानमन्त्री ओलीको संसद विघटनमो चर्को विरोधपछि झन् जर्वजस्त रुपमा स्थापित बनिन् । त्यसमाथी पनि नेकपाको अन्र्तद्धन्द्ध, र एकीकृत समाजवादीको स्थापनामा खेलेको महत्वपुर्ण भुमिकाले नेकपा एकीकृत समाजवादीको अस्तित्वसँग नेपाल सरकारको सहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । 

 

युवा आन्दोलन देखि नै उदाएकी झाँक्री ओलीको संसद विघटन सँगै भृकुटीमण्डपमा भएको भाषणमा फिल्मी शैलीमा मुखमा पट्टि फुकालेर बोल्न पाईन्छ भन्ने भाषणले नेपालको राजनीतिमा गर्मागर्मी बनायो । पार्टीभित्र र सरकारको नेतृत्वमा ओलीको निरंकुशता हावी भएको भन्दै विरोधमा सार्वजनिक मञ्चबाट विरोध गर्दे आएकी मन्त्री झाँक्री राष्ट्रपतिमाथीको पेचिलो प्रहारले विवादित पनि बनिन् । पार्टी र सरकारको जति विरोध गरयो त्यति नै चर्चित बन्न सकिन्छ भन्ने ध्येय रहेको झाँक्रीमा देखियो । यसको पटाक्षेप नेपालको राजनीतिमा पटक–पटक भईरहयो । विशेष गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार र पार्टी संचालन गर्ने ओलीको विरुद्धमा झाँक्रीको प्रहार निरन्तर भईरह्यो । यो सार्वजनिक विरोधले झाँक्रीको व्यक्तिगत चर्चा चुलिए पनि आम रुपमा यो सकारात्मक वन्न सकेन । जसरी पनि ओलीसरकारलाई विस्थापित गर्ने ध्येयका साथ मुख्य भुमिका खेलेका झाँक्री ओलीको कदमलाई प्रतिगमनको नारा ओकल्नुसम्म ओकले । ओलीको विरोधमा नै आफनो भुमिका देखेका झाँक्रीको भुमिका अन्ततः ओलीको सत्ता बर्हिगमनका लागी हतियारको अंश बनिदियो । 

 

मुलतः अबको राजनैतिक आन्दोलन त्यसले पारेको रापतापले अन्ततः रामकुमारी झाँक्री नेपाल सरकारको सहरी विकास मन्त्रालयको नेतृत्वमा छिन् । झाँक्रीको अबको मुख्य कार्यभार भनेको आफ्नो क्रान्तिकारीता जोगाउँदै सरकार र आफुले नेतृत्व गरेको मन्त्रालयमार्फत जनतालाई आशातित दिनु हो । त्यसमा अब झाँक्री कति सफल बन्नेछन्, त्यसले नै झाँक्रीको आगामी राजनैतिक भविश्य निर्धारण गर्दछ । सत्ता बाहिर रहँदा सरकारको विरोध गर्नु र आफैले नेपाल सरकारको प्रतिनिधित्व गरेर जनताको आकांक्षा पुरा गर्नु अलग–अलग पक्ष हो । त्यसमा झाँक्री कति सफल हुनेछिन्, जनताले नियालिरहेका छन् । 

 

नेतृत्व सफल र असफलको मापन त्यसको कार्यन्वयनमा भर पर्दछ । झाँक्रीमाथि चुनौती सहित अवसरको पर्खालहरु रहेका छन् । भनाई र गराईको तादात्म्यतामा एकरुपता नहुँदा ठुला ठुला क्रान्तिकारी शासकवर्गहरु पनि समयसँगै पतन भएका छन् । शेरबहादुर देउवाको सरकारमा आशालाग्दो मन्त्रीको रुपमा जनतावाट हेरिएका मन्त्री झाँक्री अबको दिनमा पनि सधै ओली सरकारको विरोध गरेर मात्र ओभानो बन्ने छुट अब झाँक्रीलाई छैन । शेरबहादुर देउवाको सरकारबाट जनताले अपेक्षित आशा नगरेता पनि क्रान्तिकारिता र अब्बल मानिएका राजनीतिकर्मी मानिएका मन्त्री रामकुमारी झाँक्री जनताको आशा सँगै निगरानीमा छन् । 

 

त्यसमाथी पनि माधव नेपाललाई दह्रो बनाउदै दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टीको संगठन वनाउने जिम्मेवारी पनि झाँक्रीमाथी रहेको छ । नयाँ गठन गरेको पार्टी जनतामा स्थापित गर्नका लागि सांगठनिक रुपमा पनि प्रष्टता, कार्ययोजना र यसको दुरगामी रणनीति रहेको हुन्छ । नेपालको सन्र्दभमा च्याउसरी उम्रिएको राजनैतिक दलमा नयाँ खोलीएको समाजवादीले नयाँ दृष्टिकोण र आशा जनतामा संचार गराउन सकेन भने यसको अस्तित्व पनि केही सयममा विलिन हुने चुनौती पनि रहेको छ । यति धेरै चुनौतीमा रहेको पार्टी र सरकार, अनि आफैले नेतृत्व गरेको मन्त्रालयमा सफल पार्नुपर्ने चुनौतीमा रहेका नेतृत्वगणमध्ये झाँक्री पनि एउटा मुख्य हिस्सेदार हुन् । जसको हेक्का झाँक्री जस्तो चतुर राजनैतिक खेलाडीमा अवश्य पनि हुनपर्दछ । 

 

समयको घेराबन्दीमा समेत बाँधिएकी मन्त्री झाँक्री मन्त्रीको कार्यभार सम्हालिसकेपछि देखिएका अभिव्यक्तिले उनमा विचलनको संकेत गर्दछ । नयाँ जोश, जाँगर र पार्टीको आवरणलाई क्यास गर्नुभन्दा पनि फेरि पनि ओली र एमालेको विरोधले मात्र आफ्नो क्रान्तिकारीता छोप्ने प्रयास सफल हुन सक्दैनन् । यसका झाँक्री जस्तो आफुलाई सफल र अब्बल दावी गर्नेले आंकलन गरेनन भन्न सकिदैन । 

 

प्रतिनिधीसभाको विघटनलाई प्रतिगमन भनेका झाँक्री यसको पुर्नस्थापना पछिका सरकारका प्रतिनिधित्व गर्ने सहरी विकास मन्त्री हुन् । जसका हेक्का मन्त्रीगणलाई राम्रो सँगै नै होला । सरकार बाहिर बसेर विरोध गर्नु र सरकारमा रहनुको बिचमा नमिल्ने तादात्म्यता सायद मन्त्री झाँक्रीलाई भईसकेको हुनुपर्दछ । त्यसैका स्वरहरु मन्त्री झाँक्रीको रुन्चे अभिव्यक्तिमा देखिन्छ । नत्र जनतावाट आशातित क्रान्तिकारी र अब्बल नेताको अभिव्यक्ति अब ओली सरकारको विरोधमा मात्र केन्द्रित हुनुहँुदैन । स्पष्ट योजना र कार्यक्रममा साथमा आफ्नो मन्त्रालयबाट हुने दुरगामी कार्ययोजना भन्दा जुन पार्टी एमालेले झाँक्रीलाई त्यो स्थानमा पुर्यायो, त्यसैको मात्र विरोधमा उत्रनु भनेको मन्त्री झाँक्रीको क्रान्तिकारितमा ह्रास आउनु शिवाय अन्य हुन सक्दैन । 

 

जनताको कठघरामा उभिएका मन्त्री झाँक्री आफ्नो क्रान्तिकारीतालाई जोगाई राख्न सक्छन् कि सक्दैनन्, आम जनताले मुल्यांकन गरिरहेका छन् । जुन पार्टीमा आफनो युवावस्था, योगदान र समर्पण रह्रयो, त्यो पार्टी नै आज झाँक्रीका लागि सबैभन्दा ठुलो र प्रतिगामी पार्टी सावित भएका छन् । विरोधले मात्र निकास दिदैन, त्यसका लागि कार्यन्वयन पक्ष मजवुत हुनुपर्दछ भन्ने कुरामा झाँक्री सजग नै होलान् । तर झाँक्रीको क्रान्तिकारीता सत्ता र सरकारवाट बाहिर भएपछि पनि रहनुपर्दछ भन्ने आशामा रहेका आम जनता र कार्यकर्ताको भावनामा झाँक्रीको अहिलेको क्रियाशिलताले थेग्न सक्दैनन । 

 

शासक वर्गले हिजो विकास गरेनन् भन्ने मन्त्री झाँक्री अहिले आफै नेतृत्वमा रहेका छन् । नेपालको राजनैतिक आन्दोलनमा कलिलै उमेरदेखि नै योगदान गरेका झाँक्री देउवा सरकारको नेतृत्वलाई देखाएर भाग्ने छुट छैन । देउवा प्रधानमन्त्रीमा पटक पटक परिक्षित हुन् । फेरि पनि समृद्धीको नारासहित समाजवादमा होमिएको झाँक्री देउवाबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्वमा सारथी बन्न खोज्नु झाँक्री जस्तो आत्माविश्वासीले सोच्नु भनेको मुर्खता शिवाय अन्य के होला र ? पार्टीभित्रका अन्र्तसंघर्षमा तुच्छ विषवमन गरेर मात्र पार्टी र आफनो क्यारियर लामो समयसम्म टिक्न सक्दैनन भन्ने कुराको आभास बिस्तारै झाँक्रीमा आसिन भयो कि भएन होला ? दिनको उज्यालो सँगै रातको चकमन्न सँगै पनि दिनको उज्यालो आउने सत्यतालाई सायद झाँक्रीले आत्मासात गर्ला कि नगर्लान् ? व्यक्ति आफैमा ठुलो होईन, पार्टी र संगठनको भुमिका ठुलो हुन्छ भन्ने कुरा सायद मन्त्रीले वितेका दिनसँगै आत्मावोध गर्लान । जुन पार्टीले  नेपालको राजनीतिमा झाँक्रीको परिचय बनायो, त्यहि पार्टीमा यति धेरै विषवमनले फेरि त्यही पार्टीमा आउनुपर्ने अवस्था आएमा झाँक्रीको आत्माले आत्मासात गर्न सक्ला कि नसक्ला ? कि राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने अमुर्त तथ्यलाई आत्मासात गरेर नेकपा एमालेमा पुन झाँक्रीको पछाडी आम जनता लाग्नुपर्ला ?

 

जनता भेडा नै हुन् भन्ने सोच आम राजनीतिकर्मीले झै माननीय सहकारी विकास मन्त्री रामकुमारी झाँक्री जत्तिको क्रान्तिकारी र अब्बल राजनीतिकर्मीले पनि राखे होलान् र ? सोच्न सकिदैन, किनकी जनता कसैका गुलाम हुन सक्दैनन् अवसरवादको त्यो नश्ल मन्त्री झाँक्रीमा झै आम जनता र कार्यकर्तामा पनि स्वतः हनेछ । त्यो सोच अन्ततः घोच पनि बन्नेछ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

  • 6 minutes ago
राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन्। आज बुधबारबाट काठमाडौँमा सुरु भएको राप्रपाको एकता महाधिवेशनक

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

  • 7 minutes ago
मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।

दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

  • 17 minutes ago
दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

एजेन्सी । दिल्लीमा बढ्दो महँगीकाबीच सर्वसाधारणले ठूलो राहत पाएका छन् । दिल्लीको केजरीवाल सरकारले राज्यमा पेट्रोलमा भ्याट घटाउने निर्णय लिएको छ । उक्त निर्णयसँगै दिल्लीमा पेट्रोल ८ भारतीय रुपैयाँले सस्



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।