आज जनैपूर्णिमाः यसको महत्व र आजकै दिन किन क्वाँटी खाईन्छ ?

सांकेतिक तस्बिर

काठमाडौं । हिन्दुधर्म अनुसार जनैपूर्णिमा अर्थात रक्षाबन्धन धारण गर्ने (राखी बाध्ने ) र क्वाँटी  खाने महान पर्वको रुपमा जनैपूर्णिमा लाई लिइन्छ।

 

श्रावण शुक्लपक्ष पूर्णीमाको दिन मनाईने यो पर्व आध्यायोपाकर्म,वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । तसर्थ यस दिनलाई जनैपूर्णिमा भनिएको हो । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइने चलन रहेको छ । 

 

वैदिक तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने,जनैपूर्णिमाको दिन बिहानै धारा वा नदी तलाउमा गई  दतिउन, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक स्नान गर्दै ऋषि तर्पण गरी ब्राम्हण बाट वैदिक मन्त्रका साथ  मन्त्रेको यज्ञोपवित्र गरेर रक्षावन्धन धारण गर्ने चलन छ ।

 

 आजैको दिन यो पर्व  भारतमा भने भिन्न प्रकारले मनाईन्छ । यस दिन दिदीबहिनी हरूले आफ्नो दाजुभाईको हातमा पवित्र धागो रक्षाबन्धन बाँधेर, टिका लगाएर मिठाई खुवाउँछन । भाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

 

आजको दिन रक्षाबन्ध बाध्नाले मानिसमा भएको सांसारिक बन्धन , ईश्वरीय बन्धन बाट छुट्कारा भई मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय हुन्छ भन्ने चलन छ भने यज्ञोपवित धारण गर्नाले पुरुषमा बल र तेज बढछ् भनी धर्मशास्त्रमा उल्लेख छ । क्वाँटी जनैपूर्णिमाको विशेष प्रकारको खाना हो । चना,केराउ,बकुल्ला,बोडी,सिमी ,भटमास,मास मिसाएको गेडागुडी एकादशी देखि भिजाएर उमारी जनैपूर्णिमाको दिन खाने चलन छ । ग्रीष्म र वर्षा ऋतुको समयमा वातावरणीय तापक्रम बढेको हुन्छ ।

 

धेरै खाना खान र पचाउन सकिदैन । यो समयमा शरीरमा बढि थकाइको महसुस हुन्छ, निद्रा बढी लाग्छ, आलस्यता बढ्छ । पाचन क्षमता कमजोर भएको हुन्छ । तसर्थ यो समयमा शरीरलाई सजिलै पच्ने र बढी मात्रामा पोषण तत्व वा फाइवर प्राप्त हुने झोलिलो पदार्थ पर्याप्त मात्रामा हुन जरुरी हुन्छ । त्यसैले जनैपुर्णीमाको दिन क्वाटि खाने चलन नेवारी समुदायले ल्याएका थिए ।

 

यसका साथै यो चलन विस्तारै अन्य समुदायमा चलेको सस्कृतविद बताउँछन् । आजको दिन  ब्राह्मण  वैदिक मन्त्रद्वारा मन्त्रेको यज्ञोपवित्र र रक्षावन्धन लिई यजमानको घरमा गई येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।

 

अर्थात् जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासूत्रले बाँधी तिमिलाई सुरक्षित गर्दछु,  भन्दै रक्षाबन्ध यजमानको दाहिने हातमा बाधिदिने र यजमानले ब्राह्मणलाई टिकालगाई क्वाटी र अन्नदान गर्ने चलन छ भने आजको दिन रसुवाको गोसाईकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र देशै भरीका सप्तऋषिको मन्दिरमा दान गर्न भक्तजनको घुईचो लाग्दछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

  • 36 seconds ago
पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो ।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

  • 25 minutes ago
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए

कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

  • 33 minutes ago
कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

कास्की । कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा का



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।