राखी सावन्तको बाल्यकालको पिडाः छिमेकीले फालेको खाना खान्थ्यौँ

एजेन्सी । डान्सर राखी सावंतका लागि आजको दिन विशेष रहेको छ । आज उनको जन्मदिन हो । नोभेम्बर २५ मा, उनी आफ्नो जन्मदिन मनाउँदैछिन्। बलिउडमा आफ्नो पहिचान बनाउन उनले कठोर संघर्ष गरेकी छन् । उनका आज लाखौँ फ्यानहरु रहेका छन् । 

 

कडा संघर्ष गरेकी उनलाई आज कुनै कुराको अभाव छैन। तर, थोरैलाई थाहा छ कि राखीको बाल्यकाल धेरै पीडामा बितेको थियो । 

 

राजीव खंडेलवालको सोमा उनले आफ्नो बाल्यकालबारे बताएकी थिइन् । उनले बाल्यकालमा सामना गर्नु परेका समस्याबारे खुलेर बताएकी थिइन् । 

 

राखीको वास्तविक नाम नीरू भेरा हो । 

 

बाल्यकालको बारेमा कुरा गर्दै, राखीले भनेकी थिइन्, 'विगत सम्झिन्छु मेरो हातहरु काम्छन् राजीव । हृदयले सत्यको दृष्टि गुमाउँदैन। मैले धेरै गरिबी देखेकी छु। यति गरिबी कि जब म आमाको पेटमा थिएँ, मेरी आमाले इट्टा र पत्थरमा खाना पकाउनुहुन्थ्यो। म यति गरिब परिवारबाट हुँ।’

 

उनी अगाडि भनेकी थिइन्, 'आमाले हामी सानो छदाँ खानेकुरा समेत नभएर भोकै बस्नुपरेको बताउनु भएको थियो । जब छिमेकीले खाना फ्याक्थे तब हामी त्यही खाना खाएर पेट भथ्र्यौ । मेरी आमा अस्पतालमा आया थिइन् । हामीलाई मुस्किलसँग खाना मिल्ने गथ्र्यो ।' 

 

जब म ठूली भएँ, 'म आमालाई भने म स्कूल जान चाहन्छु। तब उनले हो जानेछौँ भन्नुभयो । मलाई मेरो विगत भन्न मन पर्दैन ।' 

 

उनले बाल्यकालमा आफुले चरम पिटाई खाएको समेत बताएकी थिइन् । उनको बुबा प्रहरीमा थिए । 'मलाई सानैदेखि अभिनयमा रुची रहेको थियो । तर, मेरो खानदानलाई भने यो कुरा कत्ति मन परेको थिएन । मेरो मामाले मलाई पिट्ने गर्नुहुन्थ्यो ।' उनले भनेकी थिइन् । 

 

'मेरो पिटाई यहाँसम्म भएको छ कि मेरो शरिर भर टाँका लगाइएको थियो । विगत सम्झन चाहन्न । झन् पिडा थपिन्छ ।' 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 44 minutes ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 51 minutes ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

  • 1 hour ago
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।