Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले बहराइनलाई १० विकेटले हरायो

नेपालले बहराइनलाई १० विकेटले हरायो


काठमाडौँ। नेपालले बहराइनमाथि १० विकेटको शानदार जित निकालेको छ। आइसीसी वुमन्स टी– २० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले बहराइनमाथि १० विकेटको जित निकालेको हो।

बहराइनले लिएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई भेट्टाएको हो। नेपालको जितमा कविता कुँवर १७ रन र सीता राना मगरले २ रनको योगदान गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ३१ रन बनायो। बहराइनका लागि दिपिका रासाङ्गिकाले सर्वाधिक ११ रन जोडिन्। इशारा सुहुनले ५ रन बनाइन्।

नेपालका लागि इन्दु वर्माले ३, खुसी डंगोलले २ तथा कप्तान रुविना क्षेत्री, कविता कुँवर र पूजा महतोले एक–एक विकेट हात पारे।

यसअघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गर्दै १० विकेटको जित निकालेको थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT