मेरो चरित्र हत्या गर्ने षड्यन्त्र भयोः राजीव पहारी
- बिहीबार, ५ जेष्ठ, २०७९
- 1 month ago
- राजनीति

कास्की । एमाले केन्द्रीय सदस्य राजिव पहारीले आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।
स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाइै जिताउन आफू निरन्तर खटेको तर, यसैबीच आफुमाथि चरित्र हत्या गर्ने षड्यन्त्र भएको उनले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनिक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका पहारीले षड्यन्त्रको हल्ला फिजाउँन सक्रिय हुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 37 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 44 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 1 hour ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।