किन राजेश हमालले संचालन गर्ने कार्यक्रम विवादमा तानियो ?

काठमाडौँ । कलाकार राजेश हमालले संचालन गर्ने कार्यक्रम ‘जातको प्रश्न’ विवादमा तानिएको छ । समता फाउन्डेसनको उत्पादन तथा कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साढे ६ बजे प्रशारण हुने कार्यक्रम लगानीको विषयलाई लिएर विवादमा तानिएको हो । 

 

क्रिस्चियनहरुको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै यसको विरोध हुन थालेको हो । इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायविरुद्ध हुँदै आएको जातिय उत्पीडन तथा दलन अन्त्यबारे प्राज्ञिक संवाद गर्नको लागि भन्दै समता फाउन्डेसनले कार्यक्रमको निर्माण गरिरहेको छ । तर, कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै विवादमा तानिएको हो ।

 

कार्यक्रमको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको बेला राष्ट्रिय एकता अभियानको अगुवाईमा सोमबार भिमसेनागोलामा कार्यक्रमका संचालक राजेश हमालको पुत्ला जलाइएको छ । ‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रममा हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप आलोचकहरुले लगाएका छन् ।

 

आलोचकहरुले राजेश हमालले कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने माग राखेका छन् । अभियानका राष्ट्रिय संयोजक विनय यादवले कार्यक्रमले नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने नियत राखेको भन्दै कार्यक्रम बन्द हुनुपर्ने माग राखेका छन् ।

 

कार्यक्रम उत्पादन तथा प्रशारण गरिरहेको समता फाउन्डेसनले भने कार्यक्रमको उदेश्य सामाजिक सद्भाव बिथोल्ने तथा जातिय द्वन्द्व उत्पन्न गराउने नरहेको सुरुदेखि नै स्पष्ट पारेको छ । त्यस्तै, संवादको क्रममा प्रेसित विचार, टिप्पणी तथा प्रतिक्रियाले प्रतिकूल परिस्थिति सिर्जना भएमा कार्यक्रमका संचालक, निर्माता, निर्देशक, कान्तिपुर टेलिभिजन तथा समता फाउन्डेसन जिम्मेवार नरहने स्पष्ट पारेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 1 minute ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 24 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 36 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।