महानायक राजेश हमाल लण्डनमा

  • शुक्रबार, ४ साउन, २०७५
  • 2 years ago
  • युके

लण्डन । नेपाली चलचित्र जगतका महानायकका रुपमा स्थापित अभिनेता राजेश हमाल लण्डन आइपुगेका छन् ।

 

एनआरएन यूकेको युवा विभागले यहि शनिबार बेलायतको टिडवर्थमा आयोजना गर्ने एक अन्तरक्रियामा भाग लिन अभिनेता हमाल विहिबार सांझ लण्डन आइपुगेका हुन् । 

 

हिथ्रो विमानस्थलको टर्मिनल ४ मा उत्रिएका अभिनेता हमालले विमानस्थलमै न्यानो स्वागत ग्रहण गरे । 

 

कार्यक्रमको आयोजक एनआरएन यूके युवा विभागका संयोजक एलबिजेड गुरुङका साथै एनआरएन यूके उपाध्यक्ष शेर सुनार, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई , पत्रकार शिव भण्डारी, हेम गुरुङ, प्रकाश कंडेल लगायत एक दर्जन भन्दा बढि हमालको स्वागतका लागि विमानस्थल पुगेका थिए । 

 

विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसंग अभिनेता हमालले एनआरएन यूकेको युवा विभागले गर्न लागेको कार्यक्रम उपलब्धिपुर्ण रहने विश्वास व्यक्त गरे । 

 

बेलायतस्थित नेपाली युवाहरुलाई एनआरएन अभियान तथा समग्र नेपालसंग जोड्ने प्रयास स्वरूप टिडवर्थ ग्यारिजन थिएटरमा ’म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रिया गरिदैछ । बेलायतका लागि नेपाली राजदूत, एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्ट समेत कार्यक्रममा सहभागी हुंदैछन् ।

 

अध्यक्ष भवन भट्ट शुक्रबार बेलायत आइपुग्दैछन् । कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गर्ने नेपालका चर्चित मिडियाकर्मी दिलभुषण पाठक भने बुधबार नै लण्डन आइसकेका छन् । 

 

तस्बिर: शिव भण्डारी 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 2 hours ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 2 hours ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।