राजन कँडेल बेलायतको उत्कृष्ट स्कुलको अध्यक्षमा नियुक्त

Norvic Hospital
  • बिहीबार, ७ असोज, २०७८
  • 3 weeks ago
  • युके

लण्डन । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् । कँडेल सन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डनस्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

 

न्यूस्टेड स्कुल लण्डनमा रहेका स्कुलहरुमध्ये उत्कृष्ट ११ मा पर्न सफल शैक्षिक संस्था हो । यस स्कुलले ११ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विश्व स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यस स्कुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभाशाली बालबालिकाहरुको आवश्यकताहरुलाई पूरा गर्नको लागि प्रख्यात छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएका कँडेललाई प्रतिष्ठित स्कुलले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेको हो ।

 

अभिभावक संघको अध्यक्षमा नियुक्त भएपछि कँडेलले आफू सम्मानित भएको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । ‘एक उच्च शैक्षिक संस्थाले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेकोमा मलाई सम्मानित महशुस भएको छ । विश्वस्तरिय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थासँग काम गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’ उनले भने, ‘मलाई आशा छ, स्कुल, सरोकारवाल निकाय तथा सम्पूर्ण अभिभावकहरुको सहयोग तथा समर्थनमा यस शैक्षिक संस्थालाई थप उचाईमा पु¥याउन सकिन्छ । साथै, न्युस्टेड वुड स्कूलको आफ्नै आधारभूत मान्यताहरु छन्, ती मूल्य मान्यताहरुलाई मैले संचालन गर्दै आएको शैक्षिक संस्थाहरुमा पनि कार्यान्वयन गर्न सघाउने विश्वास लिएको छु ।’

 

 

कँडेलले हालसालै नेपालमा दुई शैक्षिक संस्थाहरुको स्वामित्व ग्रहण गरेका छन् । उनले बुटवलस्थित नमस्ते एकेडेमी तथा चितवनस्थित मदरल्याण्ड स्कुलको स्वामित्व लिएका हुन् । यी दुवै संस्थाहरु ब्रिटिश एजुकेशन ग्रुपको एक हिस्सा बन्ने कँडेलको भनाई छ । न्यूूस्टेडसँगको आबद्धताले नेपालमा पनि सोही प्रकारको शैक्षिक संस्कारको स्थापना गर्न सकिने कँडेलको विश्वास छ ।

 

द ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित, दुबई तथा बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 44 seconds ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

  • 25 minutes ago
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

‘गोरखा’को पोस्टर सार्वजनिक

  • 2 hours ago
‘गोरखा’को पोस्टर सार्वजनिक

काठमाडौँ । भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिने



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।