अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

Norvic Hospital

संयुक्त राष्ट्रसंघ । बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । 

 

उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ । 

 

कडा रुपमा आएको हावा र अविरल वर्षाका कारण ती बालबालिकाको स्वास्थ्य र सुरक्षामा डरलाग्दो स्थिति देखा परेको संयुक्त राष्ट्रसंघको प्रवक्ताले बिहीबार जानकारी दिएका छन् । 

 

बङ्गलादेशको कोक्स बजारमा रहेको म्यानमारका शरणार्थीहरुमा करिब एक लाख बालबालिका मात्र रहेका छन् । उनीहरुको अवस्था सङ्कटमा परेको, बाढी र पानीको जोखिम बढेको बताइएको छ । 

 

त्यस्तै स्वास्थ्य अधिकारीहरुले पनि पानीजन्य रोगहरुको प्रकोप फैलिन सक्ने भन्दै यहाँका अधिकारीहरुको ध्यानाकर्षण गराएको बताइएको छ । 

 

म्यानमारका ती रोहिङ्ग्या शरणार्थीका बालबकालिकामध्ये सबैजसोको अवस्था जोखिममा रहेको पाइएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रवक्ता फर्हान हकले समाचार दाताहरुलाई जानकारी दिएका छन् । 

 

अविरल वर्षाको कारण करिब ९ सय शरणार्थी शिविर, १५ वटा खानेपानी लाइन, युनिसेफले सहयोग गर्दै आएको दुई वटा खाना वितरण केन्द्र लगायत स्वास्थ्य केन्द्र ध्वस्त भएको बताइएको छ । 

 

गत वर्षको अगस्तबाट म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण करिब ७ लाख म्यानमारका शरणार्थी बङ्गलादेशको कोक्स बजार पुगेका छन् ।

 

ती मध्ये अझै पनि ६ लाख ७० हजार बङ्गलादेशको कोक्स बजारमा नै रहेका छन् । प्रायः शरणार्थीहरु पहाडी इलाकामा रहेको कुतुपालोङ शिवीरमा बसेका छन् । 

 

अझै घर फर्किन पाएनन् शरणार्थी 

 

यसैबीच आजभन्दा करिब आठ महिनाअघिदेखि त्यहाँ रहेका उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि कुनै प्रभावकारी काम हुन सकेको छैन । 

 

गत अक्टोबर महिनामा एक समिति गठन गरिएको र सोही बमोजिम सहमति पनि भए पनि उनीहरु अझै पनि घर फर्किन पाएका छैनन् । 

 

महिनादिन मात्र अघि ती शरणार्थीहरुको पहिलो लट स्वदेश फर्किएको थियो । स्वदेश फर्किनेको सङ्ख्या ३० हजार मात्र थियो । 

 

त्यसपछिको अर्को लट फर्किन पाएको छैन । उनीहरुलाई स्वदेश फर्काउन सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको पाइएको पनि समाचारमा जनाइएको छ । 

 

विश्वभरबाट म्यानमारका शरणार्थीलाई फिर्तागर्न माग भएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा यस विषयमा सहमति भएको थियो । 

 

तर औपचारिकरुपमा सो सहमतिको कार्यान्वयन नभएका कारण उनीहरुको स्वदेशफिर्ता हुने चाहना पूरा हुने दिन थप अन्योलग्रस्त हुदैछ । 

 

म्यानमाली शरणार्थीलाई बङ्गलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति भएको थियो । 

 

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेका हुन् । 

 

‘जातीय सफाया’ जस्तै छ– राष्ट्रसंघ 

 

यसैबीच प्राप्त अर्को एक समाचारमा म्यानमारको राखिन राज्यमा अझै पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारवादीहरुले जनाएका छन् । 

 

हालैको एक सर्वेक्षणमा उक्त क्षेत्रमा द्वन्द्व अहिले पनि जारी नै रहेको र जसका कारण यहाँका नागरिकमा भोकमरीको अवस्था सृजना भएको समेत बताइएको छ । 

 

संयुक्त राष्ट्रसंघका एकजना मानवअधिकारवादीले सो जानकारी दिएका छन् । ती अधिकारवादीले राखिनको अवस्था पहिलेकै जस्तो नरहे पनि यहाँका जातीय समुदायका नागरिकमाथिको दमन भने नरोकिएको पाइएको बताएका हुन् । 

 

सर्वेक्षणका क्रममा उक्त राज्यमा अहिले पनि म्यानमाली नागरिकमाथिको जातीय सफायाको क्रम जारी नै रहेकोे पाइएको समाचारमा जनाइएको छ । 

 

कोक्स बजारका अधिकांश ती शरणार्थीहरुले आफ्नो जन्मथलोमा अहिले पनि त्यस्तै असुरक्षित अवस्था रहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका छन् । 

 

उनीहरुमाथि अहिले पनि ज्यादति छ र जसका कारण राखिन राज्यका रोहिङ्ग्या शरणार्थीहरु आफ्नो थतथलोमा फर्किन पाएका छैनन् । 

 

राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण गत वर्षको अगष्ट २५ देखि ती म्यानमारका शरणार्थीले देश छोड्न सुरु गरेका थिए । 

 

म्यानमारको सेनाले उनीहरुलाई कारबाही गरेपछि देश छोड्न बाध्य भएका बताइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 9 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 10 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 10 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।