लगातारको वर्षाले व्यापक क्षति

  • शुक्रबार, ९ असोज, २०७७
  • 4 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

विरगंज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।

 

अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाले कुल्हबी नगरपालिका–७ महुआसपुरका देवराज मुखियाको कच्ची घर भत्किएको बताए ।

 

यसैगरी बाराको पचरौता नगरपालिका–१ पिपरपातीका बुनिलाल पसवानको, सोही ठाउँका सुरेन्द्र पासवानको, सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका छविलाल यादवको र गढीमाई नगरपालिका–४ मलाहीका राअसिस साह कानुको घर भत्किएको छ । महागढीमाई नगरपालिका–२ रामनाथ कुशवाहाको घर भत्किएको छ । घरबारविहीन भई ओत लाग्ने ठाउँ नभएकाले छिमेकीको घरमा बास बस्न बाध्य भएको उनले राससलाई बताए । 

 

पर्साको ठोरी गाउँपालिका–१ बस्ने रामाकुमारी कुवँरको पक्की घर वर्षाले भत्काउँदा रु आठ लाख बराबरको क्षति भएको छ । कुवँरले घर भत्किँदा घरका सबै सामान क्षति भएको, बस्ने ठाउँ नहुँदा छिमेकी सुभद्रा रिमालको घरमा शरण लिएको बताए । वर्षाले व्यापक क्षति भए पनि मानवीय क्षति नभएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए ।

 

यसैगरी वर्षाले रौतहटको लालबकैया, वाग्मती, झाझर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौधीमाई, परोहा, इशनाथ, राजपुर र कटहरीया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ । 

 

अविरल वर्षाले कच्ची सडक हिलाम्य भएपछि मानिसलाई आवतजावतमा समस्या परेको छ ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

  • 1 hour ago
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

  • 1 hour ago
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न

प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

  • 1 hour ago
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।