भीरको डिलमा मिनी रेल, जिपलाइन , अनेकौं थरी फूलबारीको बगैंचा (फोटोफिचर)

  • आइतबार, ९ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

 

 काठमाडौं । पार्कभित्रै मिनी रेल, जिपलाइन र रक क्लाइम्बिंग । अनेकौं थरी फूलबारीको बगैंचा ।

 

मनोरञ्जन र खेलकूदको संगम । साँच्चै नमुना काम भइरहेको छ चन्द्रागिरी नगरपालिका १५ को तीनथानामा ।

अर्को रोचक कुरा । यति ठूलो काम एउटा वडाको सक्रियतामा भइरहेको छ ।

 

 

दशैंकै बीच यहाँ बन्दै गरेको पूर्वाधार अवलोकनका लागि हामी शनिवार दिउँसो पुग्दा पार्क घुम्न आउनेहरु उत्तिकै रमाइरहेका देखिन्थे ।

कलंकीबाट नैकाप नपुग्दै हाइवेबाट देव्रे गल्ली छिरेपछि ५ मिनेटकै दूरीमा छ ‘भिराडिल खाइके साकुरा’ पार्क ।

 

गाउँ र सहर दुवैतिरको मिश्रणजस्तो लाग्ने यस्तो रमणीय ठाउँ कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाको सिमानामा छ । यो ठाउँलाई अझ आकर्षक बनाउन चन्द्रागिरी नगरपालिकाले पार्क निर्माणलगायतका काम गरिरहेको छ । र, यो कामको नेतृत्व एउटा वडाध्यक्षले गरेका छन् ।

 

भीरको डिलमा बनाइएकोले यो पार्कको नाम यस्तो राखिएको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष उत्तमबहादुर राउतले जानकारी दिए । डरलाग्दो भीर भए पनि त्यसमा विकासको खाका बनाई मनमोहक बनाइएको छ । पारी हरियाली जंगल छ । जंगलबीच वरपर वन, वनमा चराचुरुङ्गीका चिरबिर आवाज ।

 

तल खोल्सामा खोलाको आवाजले वातावरणलाई मोहक बनाएको छ ।

 

‘मलाई बच्चा हुँदा हुर्किएको स्थानको याद आयो । काठमाडौं नजिक अहिले यस्तो ठाउँ कहाँ पाउनु ?’, अवलोकनकै क्रममा पुग्नुभएकी प्रधानमन्त्री केपी शर्मा ओली पत्नी (फष्ट लेडी) राधिका शाक्यले नेपालीपत्र सँग भनिन् ।

 

उनले नमुना ढंगले भइरहेको उक्त ठाउँको प्रगति विवरण लिँदै जनतालाई सुखी बनाउन यस्ता कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

 

पार्कको नाममा जोडिएको साकुरा जापानको राष्ट्रिय फूलको नाम हो । नेपालमा यसलाई पयूँ फूल भनेर चिनिन्छ । छैठौं शताब्दीमा बुद्ध धर्मसँगै पयूँ फूलसमेत जापान पुगेको र त्यहाँको वातावरणमा साकुरा बनेको दावी गर्ने अध्येताहरु पनि छन् । त्यही भएर पार्कको वरिपरी साकुरा लगाइएको छ ।

 

खाइकेचाहिँ जापानीज एक शहर हो । उक्त शहरका केही सहयोगी मनहरुले यो पार्कमा प्रविधिसहित सहयोग गरेको पार्क निर्माण समितिका अध्यक्ष लोकनाथ सिलवालले सुनाए ।

 

मिनी रेल रेल १२ देखि १५ सिटको हुनेछ । एउटा सिटमा २ जना बस्न मिल्छ । रेल बिजुली बत्तीबाट चल्नेछ । रेल बनाउनुको कारण इतिहाससँग जोडिएको छ । उक्त ठाउँमा पहिले नै रेल कुदेको थियो ।

 

विसं १९८८ सालमा मकवानपुरको भीमफेदीबाट काठमाण्डौको मातातीर्थसम्म रोपवे चल्थ्यो । रोपवेबाट ल्याइएको सामान मातातीर्थबाट टेकुसम्म रेलमार्फत पुर्याइने गरिएको स्थानीय अगुवा कृष्णबहादुर कार्कीले सुनाए ।

 

भारतबाट अमलेखगञ्जसम्म रेलमा ल्याइएको सामान भीमफेदीसम्म ट्रकमा राखेर ल्याइन्थ्यो । अनि त्यहाँबाट रोपवेले मातातीर्थ पुर्याउथ्यो । त्यसपछि टेकुसम्म लैजानको लागि रेलको प्रयोग हुने गथ्र्यो ।

 

त्यो रेल चल्ने मुख्य भाग पनि पार्कमा पर्ने हुनाले मिनी रेल चलाउने योजना बनाइएको वडाध्यक्ष राउतले सुनाए ।

 

‘मान्छेले चाह्यो भने असम्भव केही छैन भन्ने तपाईहरुको कामले देखाएको छ । यस्तो भीर पहरामा समेत यति राम्रो काम भएको छ । ४० प्रतिशत काम हुँदा त यति राम्रो देखिन्छ । पुरै काम गर्दा कस्तो होला ?, त्यसक्रममा शाक्यले वडा र समितिका पदाधिकारीलाई प्रोत्साहन दिँदै भनिन् ।

 

उनले स्थानीय तहले विभिन्न ठाउँमा राम्रो काम गरेको, कोरोना महामारीमै पनि जनतालाई जोगाउन मेहनत साथ काम गरेको भनी प्रशँसा समेत गरिन् ।

 

जेसुम अभियानका संयोजक, समाजसेवी अनिता लामाले राम्रा कामलाई प्रोत्साहन गर्दै सकरात्मकताको भावना विकास गर्नुपर्ने बताइन् ।

 

जेसुम अभियानले यसअघि उक्त ठाउँमा साहित्यिक कार्यक्रम राखेको भन्दै पार्क योजनाको काम सबैले सहयोग गर्नुपर्ने सुझाव दिइन् ।

जेसुम अभियानकै  साहित्यकार स्नेह सायमी, फूलमान बल,  पत्रकार पुकार तिमिल्सिनासहित अवलोकन टोलीमा थिए ।

 

वडाध्यक्ष राउतले उक्त पार्कसहितको विकास गुरुयोजना कुल ८ करोडको रहेको, त्यसमा ४ करोड वडावासीको शेयर सहभागितामा काम हुने जानकारी दिए ।

 

‘जनतालाई सहभागी गराएर यहाँबाट भएको आम्दानी वडावासीको घर घरमा पुर्याउने लक्ष्य हो । प्रधानमन्त्रीले लिनुभएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई हाम्रो तहबाट सघाउन यो कामले अवश्य सघाउनेछ, राउतले दृढता राखे ।

 

 

 

 

 

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 1 hour ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 1 hour ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।