शनिबार त्रिशूली नदीमा एकतिसाैँ जलयात्रा महाेत्सव

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाडौँ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ । नाराले हरेक वर्षझैँ यस वर्ष पनि धादिङको बैरेनीदेखि मलेखुसम्म त्रिशूली नदीमा जेठ २५ गते महोत्सव आयोजना गर्न लागेको हो । 

 

नाराका महासचिव शिव अधिकारीले नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

 

‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जलयात्रा महोत्सवले सहयोग पुग्नेछ’, उनले भने । नेपालका १६ वटा नदीमा जलयात्रा गर्न मिल्ने नाराले जनाएको छ ।

 

नाराका कोषाध्यक्ष शिशिर खनालले जलयात्रामा तीनसय देखि चारसय आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने जानकारी दिए । उक्त महोत्सव सम्पन्न गर्न आठ लाखभन्दा बढी रकम खर्च हुने कोषाध्यक्ष खनालले बताए ।

 

जसमा टिकट रु. एक हजार ९९९, नेपाल पर्यटन बोर्डको सहयोग, विभिन्न कम्पनीको विज्ञापनबापतको रकम र बाँकी नाराले व्यहोर्ने गरी उक्त महोत्सव आयोजना गर्न लागिएको खनालको भनाइ छ । 

 

हाल नेपालमा र्‍याफ्टिङ व्यवसायमा १०० हाराहारीमा कम्पनी आवद्ध छन् । (रासस)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 10 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 10 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।