¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान
- मंगलबार, २४ बैशाख, २०७६
- 3 years ago
- खेल
- अष्ट्रेलिया

काठमाडौँ । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।
नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ । नेपालले जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टु हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।
नेपालले विश्व च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो । यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । त्यतिबेला खेलेका कुनै पनि खेलाडी अहिलेको टिममा छैनन् । टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 19 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 32 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 52 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।