आजबाट रवि लामिछानेले न्यूज २४ छोड्दै

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोस्ता रवि लामिछानेले आजबाट न्युज २४ छोड्दै छन् । जनताका चासो तथा सरोकारका विषयहरुलाई समेटेर ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रम प्रस्तुत गर्दै आएका लामिछानेले आजबाट उक्त टेलिभिजन छोड्न लागेका हुन् ।

 

प्रस्तोता लामिछानेका अनुसार न्यूज २४ बाट प्रशारण हुने ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा उनी आज अन्तिम पटक प्रस्तुत हुँदैछन् । यसबारेमा उनले बुधबार साँझ सामाजिक सञ्जालमा पोस्ट समेत गरेका छन् ।

 

टेलिभिजनसँगको आबद्धताको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै लामिछाने बिदा हुन लागेका हुन् ।

 

त्यसोत लामिछानेले नयाँ टेलिभिजनको सुरुवात गर्न लागेको बताइएको छ । लामिछाने स्वयंले पनि टेलिभिजनबाट केही समयको लागि विश्राम लिएको बताएका छन् । उनको नयाँ टेलिभिजन वैशाखबाट सुरु हुने बजार हल्ला छ ।

 

लामिछानेको साथमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम ६४० भन्दा बढी एपिशोड प्रशारण भइरहेको छ । नेपाली टेलिभिजन इतिहासमा उनको कार्यक्रम जनताहरुले सर्वाधिक रुचाएका मध्ये एक हो । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

  • 30 seconds ago
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का

२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

  • 10 minutes ago
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

  • 26 minutes ago
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।