अब ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । 

 

अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले बिहीबार एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

 

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ । त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको जानकारी दिए ।

 

हातले रसिद काटेर जरिवाना लिने क्रमको अन्त्यका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ध्यान दिँदै अघि बढेको र त्यही सिलसिलामा नयाँ सफ्वेयरको विकास गरी सेवा प्रारम्भ गरिएको उनको भनाइ थियो । केही दिनभित्रैमा ३०÷४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिन पनि महाशाखाले जनाएको छ । निकट भविष्यमा नै डिजिटल चिट प्रणालीमा जाने तयारी गरिएको जानकारी दिँदै उनले चालकको मनस्थितिमा परिवर्तन ल्याउनु अर्को चुनौतीपूर्ण कुरा रहेको बताए ।

 

महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्माले नागरिक प्रविधिमैत्री भइसकेको सन्दर्भमा हामीले पनि प्रविधिको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए । तथ्याङ्क हेर्दा ६० प्रतिशत नागरिकसँग स्मार्ट फोन छ भने ७३ प्रतिशत मानिसले बैंक खाता खोलिसकेका छन् । त्यसैले पनि क्यूआर कोड प्रयोग प्रभावकारी हुने दाबी महाशाखाको छ ।

 

यो प्रविधिको प्रयोगसँगै अब घण्टौँ लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन । ट्राफिकसम्बन्धीका अन्य गतिविधिलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जनाइएको छ । यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 5 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 38 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 47 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।