किन एक्लियो कतार ?

Norvic Hospital

बिबिसी । कतार र उसका गल्फ कोअपरेशन काउन्सिलका सदस्य छिमेकीहरुले अरब बसन्तु भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए।

 

दोहाले केही राष्ट्रहरुमा राजनीतिक फाइदा लिएका इस्लामवादीहरुलाई समर्थन गरेको ठानिएको थियो।

 

जस्तै इजिप्टमा मुस्लिम ब्रदरहुडका नेता तथा भूतपूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ मा पदच्यूत गरिएपछि सो समूहका सदस्यहरुलाई एउटा मञ्च उपलब्ध गराएको आरोप कतारमाथि लगाइएको छ।

 

सो समूह हाल इजिप्टमा प्रतिबन्धित छ।

 

साउदी अरेबिया र युएइले मुस्लिम ब्रदरहुडलाई आतंकवादी संगठन मान्ने गर्छन्।

 

सरकारी साउदी प्रेस एजेन्सीले जारी गरेको एउटा वक्तव्यमा कतारमाथि ूसो क्षेत्रलाई अस्थीर तुल्याउने उद्देश्यले मुस्लिम ब्रदरहुड, डाएश भनेर चिनिने आइएस र अलकायदाजस्ता विभिन्न आतंकवादी र साम्प्रदायिक समूहहरुलाई सहयोग गरेको आरोप लगाइएको छ।

 

तर कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने रियाध, अबुधाबी र मनामाले चालेका कदम औचित्यहीन र आधारहीन तथा अप्रमाणित आरोपहरुमा आधारित भनिएको छ।

 

सो वक्तव्यले कतार जीसीसीको बडापत्रप्रति प्रतिबद्ध रहेको र आतंकवाद तथा अतिवाद विरुद्धको संघर्षमा आफ्नो कर्तव्यको पालनाू गरिरहेकोमा जोड दिएको छ।

 

इरानसंगको सम्बन्ध

वर्तमान संकट कतारका अमिर शेख तामिम बिन हमाद अल(थानीले इरानप्रति अमेरिकी शत्रुताको आलोचना गर्दै टिप्पणी गरेका भन्ने विवरणहरु सहितको एउटा विवादास्पद प्रतिवेदन सार्वजनिक भएपछि आरम्भ भएको देखिन्छ।

 

कतारका अनुसार ह्याकरहरुले त्यस्तो झुठो टिप्पणीहरु देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएका थिए।

 

कतारको एउटा प्रमुख प्रतिद्वन्द्वी साउदी अरेबियाले लामो समयदेखि नै त्यस क्षेत्रमा तेहरानको उद्देश्यहरुप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

 

साउदी वक्तव्यले दोहालाई  कतिपय क्षेत्रमा सकृय इरान समर्थित आतंकवादी समूहका गतिविधिलाई सघाएकोू आरोप पनि लगाएको छ, जुन पूर्वी साउदी अरेबियास्थित शिया बहुल क्षेत्र हो।

 

यमनका हुथी विद्रोहीहरुलाई पनि समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ।

 

यमनमा भएको साउदी नेतृत्वको कार्वाहीमा सहभागिता जनाएको दोहाले भनेको छ, उसले अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छ र तिनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन।

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 6 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 6 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।