जब पाइथन कानको प्वालमा अड्कियो

आजकल घरपालुवा जनावरसँग मानिसहरु ज्यादा नै नजिकिएका छन् । उनीहरुसँग समय बिताउँदा एक खाले अर्कै आनन्द मानिसहरुलाई मिल्ने गरेको अध्ययनले पनि देखाएको छ ।

 

तर, उनीहरुको ख्याल गर्दा गर्दै, रमाइलो गर्दागर्दै धेरै समस्याहरु पनि देखिने गरेका छन् । केही यस्तै भएको अमेरिकामा बस्दै आइरहेकी ऐशली ग्लाँईलाई । 

 

अमेरिकाको ओरेगनमा बस्दै आइरहेकी ऐशली ग्लाँईसँग एउटा घरपालुवा पाइथन रहेको थियो । ऐशलीलाई पाइथन अत्यन्त प्यारो थियो र पाइथनसँगै खेलेर उनी दिन बिताउने काम गर्थिन् । यसैबीच पाइथन कान छेडेको प्वालमा पस्न खोज्यो । यसैबीच पाइथन कानमा प्वालमा अड्किन पुग्यो । 

 

यसपश्चात उनलाई तुरुन्त अस्पताल लिएर गइयो । डाक्टरले उनलाई तुरुन्त इमरजेन्सीमा भर्ना गरे । तर, यो मुश्किलबाट बाहिर निस्कनुपुर्व उनले सेल्फी लिएकी थिइन् । उक्त सेल्फीलाई उनले फेसबुकमा अपलोड गरेकी पनि थिइन् । त्यसपश्चात उक्त तस्बिर भाइरल भएको थियो । यो तस्बिर हाल हजारौ मानिसहरुले शेयर गरिसकेका छन् । 

 

उक्त पललाई उनले जीवनको सबैभन्दा पागलपनले भरिएको समय बताइन् । यो घटना खेल्दाखेल्दै यति अचानक भइसकेको थियो कि उनले होसै पाइनन् । यसबारे ध्यान पाउँदा निकै ढिला भइसकेको थियो ।

 

उनलाई डर थियो कि पाइथनलाई डाक्टरले केही गर्नेछन् । तर, त्यस्तो भएन । पाइथनलाई कुनै हानी नगर्दै, बिना कानको अप्रेशन पाइथनलाई कानको प्वालबाट निकालिएको थियो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 9 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 10 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 10 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।