‘प्यारो नेपाल’ खण्डकाव्य विमोचित
- आइतबार, १९ आषाढ, २०७९
- 1 month ago
- साहित्य

काठमाडौं । साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्तरूपमा शनिबार विमोचन गरेका थिए ।
डा नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशा–निराशा, उतार–चढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए ।
डा ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्वपूर्ण हुने बताए ।
गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 4 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 28 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 54 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।