पुटिनले किन भेट्न खोज्दैछन् ट्रम्पलाई ?
- सोमबार, ४ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन यूरोप आएका समय रूसी समकक्षीसँगसमेत भेट्ने बताइएको छ ।
वार्ताको तयारीका लागि रूसका लागि अमेरिकी राजदूत जोन हन्टम्यानले मस्को भ्रमणमा जाने रिपब्लिकन पार्टीका सांसदहरूको प्रतिनिधिमण्डलको चयन गरिरहेको रूसी समाचार संस्था तासले जनाएको छ ।
गत हप्ता रूसी राष्ट्रपति पुटिनले आफू रचनात्मक वार्ताका लागि ट्रम्पसँग भेटवार्ता गर्न चाहेको बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी नेता पुटिनलाई भेटका लागि गत अप्रिलमा निमन्त्रणा दिएका थिए ।
रूसी उप विदेशमनत्री सेर्गेइ ¥याकोवले केही समय पहिले भेटवार्ताबारे सङ्केत गर्दै यस किसिमका सम्बन्धले मस्को र वासिङ्टनको सम्बन्ध सुधार हुनेमा विश्वास व्यक्त गरेका थिए ।
यदि आगामी महिना दुईनेताबीच भेट भएमा उहाँहरूबीच हुने यो तेस्रो प्रत्यक्ष भेट हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 17 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 21 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 31 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।