जनसाहित्यिक मञ्चको अध्यक्षमा डा. पुष्करराज भट्ट चयन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनसाहित्यिक मञ्चको अध्यक्षमा डा. पुष्करराज भट्ट चयन भएका छन्। शनिवार विद्युतीय प्रविधि मार्फत भएको प्रथम राष्ट्रिय भेलाले डा. भट्टको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो। 

 

मञ्चको केन्द्रीय समिति उपाध्यक्षमा अच्युत घिमिरे एवम् शान्ति प्रियवन्दना, महासचिवमा बालमुकुन्द कार्की, सचिवमा जागेश्वर नेपाल, रमेश पन्त मितबन्धु एवम् रामचन्द्र खतिवडा, कोषाध्यक्षमा सिर्जना ज्ञवाली चयन भएका छन्। यस्तै, केन्द्रीय सदस्यमा देवीप्रसाद चापागाईँ, उद्दव प्याकुरेल, श्रेष्ठ प्रिया पत्थर, रघुनाथ कडरिया, पुन्य घिमिरे, डमरुबल्लभ गडतौला, भलादमी भोला, लीलाराज दाहाल, दीपसागर पन्त, दिव्यान्त जोशी, जगत वाशिष्ठ, मधु पोखरेल, ज्ञानेन्द्र ढुंगाना, बोधकुमार पौडेल, अम्बिका दाहाल, यादवसेर राई, जीवन खडका, यदुनाथ वसन्तपुरे, केशव दुवाडी, राजकुमार अर्याल, दुर्गा घिमिरे, रमेश थापा, भावना थापा, इन्दिरा पन्त, हरि भुसाल, चोपलाल पोखरेल, सूर्य विसी, कल्यान ओझा, सागर कुश्मी, प्रेमप्रकाश कलौनी, चन्द्रकला पन्त, अनिल शाही, विकास थापा, रवि राना यादव अधिकारी एवम् श्याम सहनी रहेका छन्।

 

मञ्चको प्रथम राष्ट्रिय भेलाको प्रमुख अतिथि (एकीकृत समाजवादी) का उपमहासचिव एवम् मोर्चा फाँट ईन्चार्ज डा. विजय पौडेल थिए। उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही ठाउँमा पुर्याउन विद्रोह गरिएको बताए। यस्तै एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका ईन्चार्ज गोपाल बरालले निकट भविष्यमा संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन हुने भएकोले सबैले चनाखो भएर पार्टीको पक्षमा कार्य गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 45 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 1 hour ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।