पत्नी र बच्चाहरु लिएर लण्डन पुगे पुनावाला, भनेः कोरोना भ्याक्सिनलाई लिएर मलाई केही शक्तिशाली व्यक्तिले धम्की दिए

  • आइतबार, १९ बैशाख, २०७८
  • 1 week ago
  • युके
तस्बिरः इण्डियाटिभी

एजेन्सी । भारतमा कोरोनाभाइरस महामारीको दोस्रो विनाशकारी छालको बीचमा, पुणेको सीरम इन्स्टिच्यूट अफ इंडिया (एसआईआई) का सीईओ आदर्श पूनावालाले कोविड १९ को भ्याक्सिन आपूर्ति बढाउन आफूमाथि ठूलो दबाब रहेको खुलासा गरेका छन् । 

 

उनले भनेका छन्, सबै बोझ मेरो टाउकोमा परेको छ । जब यो काम मात्र मेरो नियन्त्रणमा छैन। 

 

भारत सरकारले यस हप्ता पूनावालालाई वाई कोटि सुरक्षा प्रदान गरेको छ। तर, केही धनी व्यक्तिहरुले भ्याक्सिनलाई लिएर आफुलाई बारम्बार धम्की आइरहेको उनले बताएका छन् । उनले द टाइम्ससँगको कुराकानीमा उक्त कुराको खुलासा गरेका हुन् । 

 

उनले भनेका छन्, 'केही शक्तिशाली व्यक्तिहरुले उग्रतापुर्वक कुरा गर्दै आइरहेका छन् । असहज वातावरण बनेको छ । भारतमा असहज परिस्थिति भएपछि उनले परिवारको सुरक्षालाई मध्यनजर राख्दै लण्डन हानिएका हुन् ।' 

 

उनले भनेका छन्, 'जनताको अपेक्षा र उग्रताको स्तर वास्तवमै अभूतपूर्व हो। यो धेरै छ। सबैलाई लाग्छ उनीहरू खोप सबैभन्दा पहिला पाउनुपर्छ । उनीहरूले बुझ्न सक्दैनन् कि उनीहरूको अगाडि किन कसैले लिनुपर्दछ।' 

 

उनले अन्तर्वार्तामा संकेत गर्दै भने,'मेरो लन्डनको यात्रा भारत बाहिरका खोप उत्पादन बढाउने व्यापार योजनासँग पनि जोडिएको छ, र लन्डनमा पनि मलाई चुनौती छ ।'


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 6 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।