पुदिनाको फाइदै फाइदा
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- जीवनशैली

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
यस्ता छन् फाइदाहरुः
स्वासप्रस्वास र खोकी समस्याको समाधान–
पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ ।
स्तनपानमा देखिने समस्याको समाधान–
बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।
छाला तथा पिम्पल्स–
पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ९पिम्पल्स० हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।
मुख स्वस्थ बनाउछ–
प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।
स्मरणशक्ति बढाउछ –
एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।
पाचन प्रक्रिया–
पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ ।
बान्ता र टाउको दुखाईको समाधान–
पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठीक हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
Raute leaders demand food and tent with chief minister Shahi
- 10 minutes ago

Surkhet. Nomadic Raute leader Dil Bahadur Shahi called on Chief Minister of the Karnali province government, Mahendra Bahadur Shahi.
सुनको भाउ बढ्यो
- 12 minutes ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
Fire displaces 338 households in Fungling
- 14 minutes ago

March 3 Taplejung. Massive fire incidents have been recurring in Fungling bazaar of Taplejung over the years.
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।