लोकप्रिय गेम पब्जी भारतमा फेरि आउँदै, प्रतिबन्ध हट्ने !

एजेन्सी । चर्चित मोबाइल गेम पब्जी भारतमा छिटै पुनरागमन हुने भएको छ । पब्जी कर्पोरेशनले लिंकडेनमा कर्पोरेट डेभलपमेन्ट डिभिजन म्यानेजरका लागि जागिरको माग गरेकाले पब्जी भारतमा छिटै पुनरागमन गर्ने बताइएको हो । यस जागिरका लागि ५ वर्षको अनुभव पनि खोजिएको छ । 

 

सेप्टेम्बरमा पब्जी गेम डेभलपमेन्ट गर्ने कम्पनी पब्जी कर्पोरेशनले चीनको टेन्सेन्टसँग सम्बन्ध तोड्ने निर्णय लिएको थियो । पब्जी गेमलाई दक्षिण कोरियाको पम्पनी पब्जी कर्पोरेशनले निर्माण गरेको थियो । तर भारत, नेपाल र चीनमा चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले पब्जी मोबाइल र पब्जी मोबाइल लाइट सञ्चालन गर्दै आएको थियो । 

 

पब्जी पुनरागमनका लागि भारतमा एयरटेल र पब्जी मोबाइलबीच वार्ता भएको बताइएको छ । यदि वार्ता सफल भएमा पब्जी छिटै भारतीय बजारमा फिर्ता हुने बताइएको छ । 

 

भारत सरकारले पब्जीलगायत ११८ मोबाइल एप्सलाई २ सेप्टेम्बरमा प्रतिबन्ध गरेको थियो । डाटा सेक्युरेटिका कारण यी एप्सहरुमाथि प्रतिबन्ध लगाएको भारत सरकारले प्रष्ट पारेको थियो । भारतमा पब्जी ब्यान भएपछि टेन्सेन्ट कम्पनीलाई २.४८ लाख करोड भारतीय रुपैया घाटा लागेको थियो । पब्जी सन् २०१८ मा स्थापना भएको थियो  । ब्यान हुनुभन्दा पहिलेसम्म विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता भारतमा नै थिए । विश्वका जम्मा प्रयोगकर्तामध्ये २४ प्रतिशत भारतका मात्र थिए । 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 5 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 5 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 6 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।