प्रदेश १ मा यस आर्थिक बर्षको ३ महिनामा १ हजार ८ सय ९ मुद्धा दर्ता

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • नेपाल

विराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा प्रदेश १ मा यस आर्थिक बर्षको पहिलो त्रैमासिकमा १ हजार ८०९ मुद्धा दर्ता र ९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । 

 

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । 

 

यस आर्थिक बर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ गरी ३८५ बर्ष कैद भुक्तान भई ,१ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व संकलन भएको छ ।

 

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १८ जना मानिस पक्राउ गर्नुका साथै ३ करोड ६३ लाख ५७ हजार २५६ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने २१ जना मानिस र ४०९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै १२ लाख ५७ हजार ७५० राजश्व संकलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ गर्नुका साथै ११०५ क्यू.फिट. काठ बरामद गरी २३ लाख ७२ हजार ३३५ राजश्व संकलन भएको छ ।

 

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक बर्षको ३ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ९८ लाख ५३ हजार राजश्व संकलन भएको छ ।

 

यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा १ सय ५७ किलो ३४५ ग्राम, चरेश ८ ग्राम २४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५१७ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ६ हजार ४१७, मनोद्धिपक एम्पुल १ हजार ३०२ र मनोद्धिपक औषधीहरु २५४ क्याप्सुल नियन्त्रण गरिएको र ३०१ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६३७ बोट गाँजा नष्ट गरिएको छ ।

यसरी यसै आर्थिक बर्षको ३ महिनामा मात्र कुल ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन भएको हो । अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

  • 18 minutes ago
नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

  • 23 minutes ago
जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि

सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

  • 34 minutes ago
सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ? भन्दै भन्दै प्रश्न गरेका छन्। भृकुटीमण्डमा भएको राप्रपाको



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।