पोखरेललाई प्रलेस प्रतिभा पुरस्कार

Norvic Hospital

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरे ।

 

सो अवसरमा प्रलेसका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’को चर्चा गरियो । 

 

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय र  प्राज्ञ परिषद् सदस्य  प्रा डा हेमनाथ पौडेल, प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समिर सिंह, उपमहासचिव आरसी न्यौपानेलगायतले  प्रलेसमा प्रादेशिक र महिला साहित्यकारका योगदान लेखिने जनाउँदै प्रगतिशील साहित्यको आन्दोलनलाई टुट्नफुट्न दिन नहुनेमा जोड दिनुभयो । विसं २००९ मा श्यामप्रसादलगायत स्रष्टाले स्थापना गरेको प्रलेसमा विभिन्न वामपन्थी आन्दोलनसँग सम्बद्ध प्रगतिशील साहित्यकार सम्मिलित हुन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।