नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति भवनमा
- बिहीबार, १४ भदौ, २०७५
- 3 years ago
- राजनीति

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका छन् ।
उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।
आजै शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उहाँहरुको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनेछन् ।
बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- 4 minutes ago

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको
कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण
- 9 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले
राजधानीमा गाईजात्राको रौनक
- 11 minutes ago

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।