एक यस्ता राष्ट्रपति जसले विलासी जीवनलाई कहिल्यै महत्व दिएनन्
- शुक्रबार, ४ माघ, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी–दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ । मुजिया विश्वका एकमात्र यस्ता लिडर हुन् जसलाई सबैभन्दा गरिब नेता हुन् ।
मार्च, २०१५ मा उनले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए । राजिनामा दिनु अघि उनले आफ्नो तीनवटा खुट्टा भएको म्यानुअल र चारवटा खुट्टा भएको बिटलसँग समय बिताउन समयको आवश्यता परेको बताएका थिए ।
म्यानुअल उनको घरपालुवा कुकुरको नाम हो भने बिटल गाडीको नाम हो ।
मुजिकाले आफ्नो पाँच वर्षे कार्यकालमा उरुग्वेलाई धनी बनाउन सफल भएका थिए । तर, उनी आफु भने कंगाल बनिरहे ।
विश्वकै गरिब राष्ट्रपतिमा गनिने उनले आफ्नो जीवन फिरेन्तेको रुपमा बिताए । जोस राष्ट्रपति भवनमा बस्नुका सट्टा उनी २ वटा कोठा भएको घरमा बस्ने गर्थे । सुरक्षाको नाममा उनी जम्मा दुई जना प्रहरीको सेवा लिने गर्थे । आम मानिसले झै उनी कुवाबाट पानी भर्ने सम्म गर्छन् । आफ्नो कपडा आफै धुने गर्छन् । मुजिका आफ्नी पत्नीसँग मिलेर फलफुल खेतीमा व्यस्त रहन्छन् । यो उनको आम्दानीको स्रोत बनेको छ ।
खेतीका लागि ट्याक्टर पनि उनी आफै चलाउने गर्छन् । ट्याक्टर खराब भए पनि मेकानिक आफै बन्छन् र बनाउने काम गर्छन् । मुजिकाले नोकर चाकर पनि राखेका छैनन् । आफ्नो पुरानो फक्सबैगन बीटल आफै चलाएर अफिस जाने काम उनी गर्थे । अफिस जादाँ भने कोट प्यान्ट लगाउँछन् । तर, घरमा बस्दा उनी निकै सामान्य कपडा लगाउँछन् ।
एउटा देशका राष्ट्रपतिलाई जे सुविधा मिल्नुपर्ने हो त्यो सबै सुविधाहरु मुजिकालाई दिइएको थियो तर उनले लिन अस्विकार गरेका थिए । तलब स्वरुप उनलाई १३,३०० डलर मिल्थ्यो तर १२ हजार डलर उनले गरिबलाई दान गरिदिन्थे । १३०० डलरमा मध्ये ७७५ डलर साना कारोबारीहरुलाई दिन्थे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 30 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 54 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 1 hour ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।