आफ्नै होममा म्यान्चेस्टर युनाइटेडको टोटेनहमसँग लज्जास्पद हार, खायो ६ गोल

  • सोमबार, १९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले टोटेनहमसँग लज्जास्पद हार ब्यहोरेको छ ।

 

गएराति सम्पन्न खेलमा युनाइटेड टोटेनहमसँग आफ्नै घरेलु मैदानमा ६-१ गोलले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा नै ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलमार्फत युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।

 

उक्त अग्रता धेरैबेर टिक्न सकेन । ४ औं मिनेटमा नै टोटेनहमले टांगी एनडोम्बेलेको गोलबाट खेल बराबरी गर्यो त्यसपछि ७ औं र ३७ औं मिनेटमा टोटेनहमका उत्कृष्ट लयमा रहेका खेलाडी सन हिंग मिनले गोल गरे ।

 

यस्तै टोटेनहमकै ह्यारी केनले ३० औं र ७९ औं मिनेटमा ह्यारी केनले गोल गरे । ५१ औं मिनेटमा टोटेनहमकै सर्ज औरीएरले गोल गरे ।

 

खेलको २८ औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियलले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित रहेको थियो । टोटेनहमले ४ खेलमा २ जित निकाल्दै ७ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । यस्तै युनाइटेडको ३ खेलमा १ जित रहँदा तालिकाको १६ औं स्थानमा रहेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।