'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- मंगलबार, १३ माघ, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भने, “अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।”
प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गरे । सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राखे ।
प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भने, “निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।”
अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमणका कारण पुँजीगत खर्च सन्तुलनको अवस्थामा रहेको जानकारी गराउँदै उल्लेख्य वृद्धिका लागि काम कारवाही अगाडि बढाएको बताए ।
उहाँले कोरोना विरुद्धको गुणस्तरीय खोप प्रदान गर्न सरकारले आवश्यक तयारी गरेको बताउँदै भोलि माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गर्ने बताए । सरकार आवश्यकताअनुसार सबै नागरिकलाई खोप प्रदान गर्ने तयारीमा लागेको मन्त्री पौडेलको भनाइ छ । विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल आज गृह जिल्ला रुपन्देही आएका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भूसासमा नेपाल
- 3 minutes ago

काठमाडौँ । भूगोल साहित्य समाज (भूसास)को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैल
अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)
- 13 minutes ago

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधबार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
- 16 minutes ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । केन्द्रीय कमिटीको बैठक अगाडि यो समूहको स्थायी कमिटी
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।