गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो

स्याङ्जा । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७÷७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्याङ्कन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

 

“प्रत्येक आर्थिक वर्षको सुरुआतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच कार्यसम्पादन सम्झौता हुन्छ”, प्रजिअ नेपालले भने,“मन्त्रालय र प्रशासन कार्यालयबीच विभिन्न छ वटा सूचक तथा उपसूचकको कार्यान्वयनलाई मूल्याङ्कनको आधार बनाउने गरिन्छ ।”

 

सम्झौता भएका सूचक तथा उपसूचकलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वर्षभरिको कार्ययोजना बनाएर कार्यान्वयन गरेसँगै सफलता मिलेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले बताए ।

 

गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, लेखा व्यवस्थापनलगायतका विभिन्न छ वटा सूचक र उपसूचकहरुको अङ्कभारका आधारका मूल्याङ्कन गर्दै आएको छ । चालू आवका लागि पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जाबीच कार्यसम्पादन सम्झौता भइसकेको छ  ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • 12 minutes ago
हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

एजेन्सी । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु, अरु कैयौँ बेपत्ता

  • 15 minutes ago
चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु, अरु कैयौँ बेपत्ता

एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

शेयर बजारमा ७० अंकको गिरावट

  • 17 minutes ago
शेयर बजारमा ७० अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७० अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से ७०.०१ अंकले घटेर २ हजार ६१५.४० विन्दुमा आइपुगेको छ । आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । आज क



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।