प्रदेश १ मा निःशुल्क पाठेघर परीक्षण

धनकुटा । प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा जयवेन्द्र यादवले बताए । उनले सेवा शुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिए ।

 

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए । उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

 

जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना रहेको बताए । चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई १०० शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरे जानकारी दिए ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुनको भाउ बढ्यो

  • 16 seconds ago
सुनको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।

Fire displaces 338 households in Fungling

  • 1 minute ago
Fire displaces 338 households in Fungling

March 3 Taplejung. Massive fire incidents have been recurring in Fungling bazaar of Taplejung over the years.

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 32 minutes ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।