प्रदेश १ मा एकैदिन अहिलेसम्मकै उच्च संक्रमित थपिए

  • मंगलबार, ४ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा  ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो दैनिक सङ्क्रमण सङ्ख्यामा  अहिलेसम्मकै उच्च हो । 

 

थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा छ, सङ्खुवासभा र तेह्रथुममा दुईदुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा ३४८ महिला र ५२२ पुरुष छन् ।

 

प्रदेश १ मा अहिलेसम्मममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ८५८ पुगेको छ भने अहिलेसम्मम छ हजार १८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । 

 

आज मात्रै विभन्नि स्थानबाट १४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।    पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा एक  हजार ६८२ जना सहित कुल एक लाख ४८ हजार ८६४ जनाको पिसिआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • 4 minutes ago
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • 5 minutes ago
वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 31 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।