पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- मंगलबार, २१ आषाढ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीको पदाधिकारीसहित बाँकी रहेका कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई दिइएको हो।
पदाधिकारी तथा कमिटीहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने कुरा बैठकमा नेताहरुले राखेपछि प्रचण्डलाई नै पदाधिकारी तथा कमिटीहरु टुंग्याउने जिम्मा दिइएको हो।
माओवादी केन्द्रले पुसमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको भए पनि माओवादीको अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन। आइतबारदेखि जारी तेस्रो केन्द्रीय समिति बैठकमा पदाधिकारी, स्थायी र पोलिटब्युरो चयन गर्नुपर्ने माग उठेपछि अध्यक्ष प्रचण्डले बैठक रोकेर कार्यालयको विस्तारित बैठक राखेका थिए।
जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी र पोलिटब्युरो प्रस्ताव गर्नेछन्। माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था छ।
बैठक असार २२ मा फेरि बैठक बस्दै छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 5 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 29 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 54 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।