सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

Norvic Hospital

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ? भन्दै भन्दै प्रश्न गरेका छन्। भृकुटीमण्डमा भएको राप्रपाको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रचण्डले मैनालीलाई सो प्रश्न गरेका हुन्।

 

प्रचण्डअघि सम्बोधन गरेका मैनालीले प्रचण्ड पनि अरुको एजेण्डामा चलेको आरोप लगाएका थिए। उनले राजा महेन्द्रजस्तो राष्ट्रवादी कोही नभएको बताएका मैनालीलाई प्रश्न गर्दै प्रचण्डले राप्रपाको अध्यक्ष उनी बन्न लागेको जस्तो लागेको बताए। प्रचण्डले सीपी मैनाली हिजो राजतन्त्र सिध्याउन लागिपरेको मान्छे आज राजाको जयजयकार गर्दै हिँडेको भन्दै आफूलाई भने दुईथरी कुरा गर्न नआउने बताए।

 

‘राजतन्त्र सिध्याउन ‘टाउको काट्ने’ हिजो सुरुवात उहाँले गर्नुभयो, अहिले राजा महान् भन्नुभयो,’ प्रचण्डले भने, ‘सीपीजी राप्रपा अध्यक्ष बन्न लाग्नुभयो कि जस्तो लाग्यो, त्यसो हो भने बधाई छ।’

 

 

फुटेको राप्रपा एकै ठाउँमा आएकोले एकताको महाधिवेशन भन्न सुहाएको भन्दै प्रचण्डले शुभकामना समेत दिए। नेकपा एमालेले भने फुटेको पार्टीलाई पनि एकता महाधिवेशन भनेको भन्दै कटाक्ष गरे।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 4 minutes ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 17 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 40 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।