जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछः प्रचण्ड
- शुक्रबार, ९ माघ, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुने दाबी गरेका छन् । शुक्रबार उक्त समूहले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको सेटिङ खडा हुने बताएका हुन् ।
प्रधानमन्त्री केपी र उनी निकटकाहरुले सेटिङको कुरा गरिरहेको भन्दै उनले भने, ‘केपी र उनी निकटका मान्छेले सेटिङ मिलाइसक्यौं भनिरहेका छन्। तर जनताको तागतले त्यो सेटिङ भत्काएर नयाँ सेटिङ जन्माउँछन् भन्ने विश्वास व्यक्त गर्छु ।’
त्यस्तै, प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् । आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको भन्दै उनले भने, ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान् । सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।’
प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको पनि स्वीका गरेका छन् । ओलीले प्रधानमन्त्री पदको लागि सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने गरेको कारण घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही
- 5 seconds ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड
- 10 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्यो
- 25 minutes ago

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।