अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरिय भेलामा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

 

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै उनको कदमविरुद्धको लडाईमा होमिन आफू तयार भएको बताएका हुन् । कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यसपटक आक्रामक रुपमा आन्दोलनमा उत्रन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । 

 

उनले आफूहरुले निर्देशनमात्र नदिने र आन्दोलनको अग्रमोर्चामा रहेर नेतृत्व दिन तयार रहेको बताए । बरु आफू टाउको फुटाउन तयार भएको प्रचण्डले भनिरहँदा युवा विद्यार्थीहरु पनि उत्तेजित भएका थिए । ‘यसपटक शाकाहारी आन्दोलनले पुग्दैन, यस्ता आन्दोलन पार्टीभित्र कति गरियो कति,’ प्रचण्डले भने ।

 

अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खनिएका प्रचण्डले आवेगपूर्ण अभिव्यक्ति दिइरहँदा कार्यक्रममा उपस्थित नेता÷कार्यकर्ताहरुले ताली बजाइरहेका थिए ।

 

त्यस्तै, प्रचण्डले ओलीको कदमविरुद्ध अन्य पार्टी, नागरिक समाज पनि लागेकोले आन्दोलनको नेतृत्व आफूहरुले गर्नुपर्ने बताए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

  • 1 hour ago
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

  • 2 hours ago
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार

शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

  • 2 hours ago
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।