प्रचण्डद्वारा नेकपा सचिवालय बैठकमा प्रस्तुत प्रस्तावबारे स्पष्टीकरण

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवाल बैठकमा प्रस्तुत गरेको प्रस्तावबारे स्पष्टीकरण दिएका छन् । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव प्रस्तुत गरेका थिए । 

 

प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा न्यायालयको प्रसंगमा न्यायपालिका र यसका प्रमुखसँग विषयको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । मंगलबार प्रचण्डको सचिवालयले मंगलवार सामाजिक सञ्जाल फेसबूकमार्फत् यसबारेमा स्पष्ट पारेका हो ।

 

प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा ओलीले स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद् भंग गर्ने, संकटकाल लागू गर्ने, द्वन्द्वकालीन मुद्दाहरूलाई निहीत उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्य गरेको आरोप प्रचण्डले लगाएका छन् । यसैबारेमा प्रचण्डको सचिवालयले भनेको छ, ‘यही कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

  • 13 minutes ago
बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

एजेन्सी । भारतीय चर्चित कमेडि शो 'द कपिल शर्मा शो' बन्द हुने भएको छ । मिडिया रिपोर्ट अनुसार निर्माण टिमले यसलाई बन्द गर्ने भएका छन् ।

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

  • 43 minutes ago
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश

प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

  • 1 hour ago
प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओल



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।