प्रधानमन्त्रीकाे अस्वस्थता देखेरै चीन भ्रमण स्थगित गरेको हुँ : प्रचण्ड
- नेपालीपत्र
- बिहीबार, १९ मंसिर, २०७६
- 1 year ago
- राजनीति
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गरेका छन् ।
बिहीवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको अस्वस्थता देखेर आफूले चीन भ्रमण स्थगित गरेको बताए । उनले प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ हुन अझै एक–डेढ महिना लाग्न सक्ने भएकैले आफूले चीन भ्रमण स्थगन गरेको बताए ।
‘प्रधानमन्त्री डिस्चार्ज हुनेबित्तिकै नियमित काम गर्न सक्ने भन्ने होइन, उहाँ पूर्ण रूपमा स्वस्थ हुन अझै एक–डेढ महिना लाग्न सक्छ । त्यसैले मैले चीन भ्रमण स्थगन गरेको हुँ’, उनले भने ।
उनले भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न हुँदैन भनेर आफूले नभनेको समेत स्पष्ट पारे । ‘अहिले कूटनीतिक पहल गरौं र भएन भने बल्ल अन्तर्राष्ट्रियकरण गरौं भनेको हुँ’, अध्यक्ष प्रचण्डले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा कोराना संक्रमण बढ्दो
- 2 hours ago

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु
- 2 hours ago

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण
- 2 hours ago

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।